नेपाल ईन्जिनियर एसोसिएसन गण्डकी प्रदेश र व्रजर पेन्ट विच सम्झौता

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा ,६ फागुन । नेपाल ईन्जिनियर एसोसिएसन गण्डकी प्रदेश र व्रजर पेन्ट विचमा १ वर्षे MOU समझदारी पत्रमा हस्ताक्षर भयको छ ।
गण्डकी क्षेत्रमा सिभिल र आर्किटेक ईन्जिनियरहरुको छाता संस्था नेपाल ईन्जिनियर एसोसिएसन गण्डकी प्रदेश र व्रजर पेन्ट्स विचमा सम्झौता भएको हो ।

नेपाल ईन्जिनियर एसोसियसनले २०८१ भाद्र २८ गते निर्वाचित भएपछी ईन्जिनियर र ईन्जिनियरिङ छेत्रमा बिबिध कार्यक्रम गर्दै आएको छ ।
MOU सम्झौता अनुसार १ वर्ष भित्रमा व्रजर पेन्टले ८ लाख रुपियाँ ईन्जिनियरहरुको सीप अभिवृद्धिमा र पोखरामा रहेका ३ वटा ईन्जिनियरिङ कलेजहरुमा अध्ययनरत विद्यार्थीहरुको सीप मुलक तालिममा खर्च गरिने मंगलबार भएको प्रेस मिट मार्फत जानकारी दिइयको हो ।

कार्यक्रममा राजिव रोयले पेन्ट र यसको प्रयोग वारे जानकारी दिदै रङ्ग मिलाएर लगाउन जाने लामो समय सम्म टिक्ने हुनाले तालिम प्राप्त पेन्टरवाट लगाउनु पर्नेमा जोड दिनुभयो ।
नेपाल ईन्जिनियर एसोसिएसनका अध्यक्ष सन्तोष जिसी र व्रजर पेन्टका कन्ट्री मेनेजर राजिव रोय विच सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।
निर्माण क्षेत्रमा क्रियाशिल रहेका दुई हजार ३ सय वढि ईन्जिनियर एसोसिएसनमा आवद्ध रहेका सदस्य ई महेन्द्र पौडेलले जानकारी दिनुभयो।
कार्यक्रममा एसोसिएसनका पुर्व अध्यक्ष रमेश वाँस्तोलाले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
एसोसिएसनका अध्यक्ष ई सन्तोष जिसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष ई विशाल थापाले र सञ्चालन सहसचिव ई मञ्जु शिलाकारले गर्नुभएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला