घान्द्रुक किम्चेलाई पराजित गर्दैै ठकुरी समाजले जित्यो सिधिङ भलिबलको उपाधि

नगेन न्यूज
  • ख-
  • ख+

हेमजा, फागुन ६ । किम्चेलाई ३–१ ले पराजित गर्दै ठकुरी समाजले प्रथम सिधिङ कप भलिबल प्रतियोगिता–२०८१ को उपाधि हात पारेको छ ।
पहिलो र अन्तिम २ सेट जित्दै उपाधि आफ्नो कोल्टोमा पार्न सफल भएका हो । किम्चे माथि ९२५–१७,२३–२५,२५–१८,२८–२६० ले जित्दै उपाधि सँगै नगद रु ८५ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पार्यो ।

घान्द्रुकको किम्चेले उपविजेतामा चित्त बुझाउँदै नगद रु ५० हजार साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
गल्र्यङले घलेललाई पराजित गर्दै तृतीय स्थानका साथ नगद रु ३० हजार साथमा ट्रफी,मेडल र प्रमाणपत्र गर्यो ।
घलेले सान्त्वना पुरस्कार स्वरूप नगद रु २०,हजारका साथ ट्रफी,मेडल र प्रमाणपत्र गर्यो।
विधागत पुरस्कार तर्फ सर्वोत्कृष्ट खेलाडी विवेक ठकुरी, वेस्ट स्पाई कर समीर वि.क , वेस्ट सेटर अशोक ठकुरीले र वेस्ट मिडिल व्लकर विश्वास ठकुरीले प्राप्त गर्न सफल भए ।

भेट्रान्स खेल तर्फको फाईनलमा उत्तम समूहले तक्क्रोलाई पराजित गर्दै प्रथम स्थान हात पा¥यो । तक्रोले द्धितिय स्थानमा सिमित रहयो ।
भेट्रान्स प्रथमले नगद रु ३० हजार र द्धितियले नगद रु २० हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

सिधिङ युनाइटेड यूथ क्लबको आयोजनामा माघ ३० गते देखि जारी साबिक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सिधिङ खेलकुद मैदानमा भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दैै माछापुच्छ्रे गाउँपालिका अध्यक्ष मीन बहादुर गुरुङले खेलकुदले समाजमा एकता र समन्वयको भावना सिर्जना गर्न महत्त्वपूर्ण भुभिका खेलेको बताउँदै,माछापुच्छ्रे गाउँपालिकाले खेलकुदलाई प्राथमिकता राखेको बताउनुभयो ।
गाउँपालिका प्रवक्ता एवं वडा न.२ का अध्यक्ष गणेश आचार्यले युवा र खेलकुद अहिलेको समाजको प्रमुख पक्ष रहेको र खेलकुदले युवाको जीवनमा सकारात्मक भूमिका खेलेको बताउनुभयो ।

सिधिङ युनाइटेड यूथ क्लवका अध्यक्ष शुक वहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत कार्यक्रम संयोजक मोहन सिंह तामाङले र सञ्चालन क्लका सचिव प्रज्वल क्षेत्रीले गर्नुभएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला