पोखरा १४ र २६ जोड्ने सडक निर्माण शुभारंभ

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, फागुन ५ । पोखरा महानगरपालिकाको वडा नं. १४ र २६ जोड्ने डहरे साँघु सडकको वडा नं. १४ तर्फ निर्माण कार्यको सोमबार शुभारंभ भएको छ ।
दुई वडालाई जोड्ने सडकको वडा नं. १४ का अध्यक्ष बोधबहादुर कार्की र २६ का अध्यक्ष नरेन्द्र थापाले संयुक्त रुपमा निर्माण कार्यको शुभारंभ गर्नुभएको हो ।
निर्माण शुभारंभ पछि बोल्दै वडा नंं २६ का अध्यक्ष थापाले डहरेको साँघु देखी वडा नं. २६ को क्षेत्रमा गत बर्ष सडक कालोपत्रे भएपनि १४ तर्फ सडक नवन्दा यात्रुले सास्ती खेप्नु परेको बताउनुभयो । उहाँले एकातर्फ राम्रो सडक देखेर आउने यात्रु पुल पारिपट्टी पुग्दा सास्ती खेप्दै फर्कनु परेकोमा सडक निर्माणले अव सहज बनाउने उल्लेख गर्नुभयो ।

अध्यक्ष थापाले बुढीबजार सक्नेरी हुँदै डहरेको साँघुसम्मको सडकको बिग्रेको खण्डमा यसैबर्ष रिसोलिङ गरिने बताउनुभयो । उहाँले सडकवत्ती जडान गरी रातीको समयमा समेत यात्रा गर्न मिल्ने गरी वडाले कार्य अगाडी बढाएको समेत स्पष्ट पार्नुभयो ।

वडा नंं १४ का अध्यक्ष बोधबहादुर कार्कीले पारीपट्टी राम्रो सडक देखेर वारी आएका यात्रुले आलोचना गरेको स्मरण गर्दै, धेरै पछि भएपनि राम्रो कामको शुरुवात भएको बताउनुभयो । उहाँले निर्माण कम्पनीलाई समयमै सडक निर्माण सक्नेगरी कार्य गर्न आग्रह गर्नुभयो ।
संघीय सरकारको ६३ लाख ४९ हजार ३ सय ६५ रुपैयाको लागतमा उक्त सडक निर्माण हुन लागेको हो ।
सडकको १ करोड रुपैयामा बोलपत्र आब्हान भएकोमा कमल पोखरी निर्माण सेवा पोखरा १३ ले उक्त रकममा ठेक्का प्राप्त गरेको हो । सडक वडा नं. १४ को राधाकृष्ण टोलदेखी डहरेको साँघुसम्म नाला सहितको ढलान हुनेछ ।
निर्माण व्यवसायी गोविन्द बि.क. ले बैशाख मसान्तसम्म सडक सम्पन्न गरेर हस्तान्तरण गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
वडा नंं २६ का वडाध्यक्ष थापाले उक्त सडक भएर आवात जावत गर्नेलाई निर्माण अवधिभर बैकल्पीक सडक प्रयोग गर्न आग्रह समेत गर्नुभएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला