कास्की आदर्श समाज कतारद्धारा पाँच जना सम्मानीत

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, २ फागुन । कास्की आदर्श समाज, कतारको आयोजना तथा कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषद् र कास्की आदर्श समाज नेपालको समन्वयमा पोखरामा श्रष्टा सम्मान गरिएको छ ।
फरक–फरक पाँच विधामा सम्मान गरिएको कार्यक्रमका संयोजक कृष्ण भण्डारीले जानकारी दिनुभयो ।
सम्मानित हुनेमा शिक्षा तर्फ चतुरमान श्रेष्ठ, स्वास्थ्य तर्फ डाक्टर सूर्य देवकोटा, संचार तर्फ राजबहादुर गुरुङ, साहित्य तर्फ छविलाल आचार्य र कला तर्फ माओत्से गुरुङ रहेका छन् ।

उनिहरुलाई प्रतिनिधि सभा सदस्य दामोदर बैरागीले दोसल्ला, सम्मानपत्र र नगद १० हजार सहित सम्मान गर्नुभयो ।
यस्तै कार्यक्रममा समाजका सदस्यका छोराछोरी मध्यबाट एसइइ २०८० मा उत्कृष्ट अंक ल्याउने सविन कुमार भण्डारीलाई प्रसंसापत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य बैरागीले समाजले अनुकरणीय कार्य गरेको भन्दैँ प्रशंशा गर्नुभयो । विदेशमा सिकेको सिप र अनुभव नेपालमा पनि प्रयोग गर्न उहाँले आग्रह गर्नुभयो ।

सन् २००२ मा रोजगारीको क्रमममा कास्कीबाट कतार पुगेकाहरुले समाजको स्थापना गरेका थिए ।
सोही संस्था अहिले २१ वटा देशमा साखा विस्तार भएको कार्यक्रमका अर्का संयोजक अमिर श्रेष्ठले जानकारी दिनुभयो ।
समाजले अहिले अन्तराष्ट्रिय समन्वय परिषद् गठन गरेको छ ।
कृष्ण भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा अन्नपूर्ण गाँउपालिका, कास्कीका अध्यक्ष विष्णुबहादुर केसी, कास्की आदर्श समाज अन्तराष्ट्रिय परिषद्का उपाध्यक्ष सन्तोष तिमिल्सीना, समाजका अन्तराष्ट्रिय संयोजक तिलकसाली सापकोटा, कास्की आदर्श समाज, कास्कीका अध्यक्ष विश्वन्धु थापा, समाजका सल्लाहकार गंगाधर पराजुली, सम्मानित व्यक्तीत्व डाक्टर सूर्य देवकोटा लगायतले बोलेका थिए । समाजले शिक्षा, स्वास्थ्य, असायलाई आर्थिक सहयोग र विपद्मा राहात वितरण जस्ता कार्य गदै आएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला