कांग्रेस महामन्त्री शर्माको भ्यालेन्टाइन्स डे गीत ‘मन त्यतै कतै’ सार्वजनिक ( भिडियो सहित )

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले भ्यालेन्टाइन्स डेको अवसरमा नयाँ गीत ‘मन त्यतै कतै’ सार्वजनिक गर्नुभएको छ ।
शर्माको युट्युव च्यानलमा सार्वजनिक गीतमा शर्माको संगीत रहेको गीतमा प्रमोद खरेलको स्वर, प्रमोदहरि गुरागाईँका शब्द, मनोहर सुनामको संगीत संयोजन छ ।
निकेश खड्का निर्देशित भिडियोमा आकाश श्रेष्ठ र प्रियाना आचार्यको अभिनय रहेको गितमा प्रेमभाव प्रस्तुत छ ।

यो गीतको रेकर्ड चाहिँ गत बैशाख अन्त्यमा नक्सालस्थित साउन्ड डिजाइन स्टुडियोमा गरिएको थियो ।
गीत रेकर्डपछि गायक खरेलले भन्नुभएको थियो– राजनीतिभन्दा पर बसेर गीतसंगीतमा उहाँको लगाव लोभलाग्दो छ । विश्व दाइको संगीतमा मीठो गीत रेकर्ड भयो ।’

संगीत र साहित्यमा समेत रुचि भएका राजनीतिज्ञ शर्माले यसअघि दलित सचेतना प्रेरित गर्ने गीत पनि रेकर्ड गराउनुभएको छ ।
शिव परियारको स्वर रहेको उक्त गीतमा मीन विश्वकर्माका शब्द रहेको छ ।

विश्वप्रकाशले यसअघि पनि आफ्नो संगीतमा केही गीत रेकर्ड गराउनुभएको छ । नेपाल जेसिजको एल्बममा बज्ने गीत उहाँले नै संगीत गर्नुभएको हो । भूकम्पको त्रासदीको समयमा उहाँले ‘स्वीकृति’ बोलको गीत पनि ल्याउनुभएको थियो, जसमा शिशिर योगीको स्वर छ ।

लकडाउनको समयमा ‘आऊ माया गरौं, प्रकृतिलाई रक्षा गरौं, महामारीबाट संसारलाई जोगाऊँ’ बोलको गीत रिलिज गराउनुभएको थियो । यो गीतलाई शीतल मोक्तानले गाउनुभएको थियो । यो गीत नेपाली र अंग्रेजी दुवै भाषामा तयार गरिएको थियो ।

 

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला