माछापुच्छ्रे ९ सिधिङमा हुने वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा

नगेन न्यूज
  • ख-
  • ख+

हेमजा, माघ २९ । कास्की माछापुच्छ्रे गाउँपालिका वडा न.९ सिधिङमा यहि माघ ३० गते देखि सञ्चालन हुने सविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता – २०८१ को सम्पुर्ण तयारी पुरा भएको क्लबका अध्यक्ष सुक बहादुर तामाङले बताउनुभयो ।
सिधिङ युनाईटेडले क्लबको वार्षिक उत्सवको अवसर पारेर प्रतियोगिता आयोजना गरेको हो ।

माछापुच्छ्रे गाउँपालिका सामाजिक विकास समिति संयोजक एवं वडा न.९, का अध्यक्ष हरि बहादुर क्षेत्रीले स्थानियमा उत्साह उमंग देखिएको छ, त्यसैले प्रतियोगिताले समग्र माछापुच्छ्रे« गाँउपालिकाको खेलकुद क्षेत्रको विकास सँगै कला, संस्कार र संकृतिको जगेर्ना गर्ने विश्वास व्यक्त गर्नुभयो ।

माघ ३० गते देखि फागुन ३ गते सम्म चल्ने प्रतियोगितामा प्रथम हुनेले नगद रु ८५ हजार, द्धितियले नगद रु ५० हजार र तृतीयले नगद रु ३० हजार र सान्त्वना हुनेले नगद रु २० हजार रुपँया साथमा ट्रफि,मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् ।
उत्कृष्ट खेलाडी,उत्कृष्ट स्पाइकर र उत्कृष्ट सेटरलाई नगद पुरस्कारका साथमा ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक याम क्षेत्री बताउनुभयो ।
पुरुष भलिबल तर्फ दर्ता शुल्क रु ६ हजार रहेको छ ।

भेट्रान्स भलिबल प्रतियोगिता तर्फको विजेताले नगद रु ३०,००० र उप–विजेताले नगद रु २०,००० हजार साथमा ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
भेट्रान्स तर्फ दर्ता शुल्क नगद रु ३ हजार रहेको छ ।

कार्यक्रमको अन्य आकर्षणको रुपमा हरेक दिन राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरु द्धारा नृत्य,गायन,हास्यब्यङ्गे विशेष प्रस्तुति र विभिन्न सांस्कृतिक कार्यक्रम रहने छन् ।
साथै आधारभूत विघालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता,रस्साकस्सी, घोडा दौड लगायतका बिभिन्न प्रतियोगिता पनि रहने कार्यक्रम संयोजक मोहन सिङ तामाङले बताउनुभयो ।

माघ ३० गते विहान ठिक ११ः३० बजे पहिलो उद्धघाटन खेल हुने क्लवका सचिब प्रज्वल क्षेत्रीले जानकारी दिनुभयो । खेल सिधिङ खेलकुद मेदानमा हुनेछ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला