१९ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनको सुरक्षा व्यवस्था चुस्त बनाइने

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । १९ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनको सुरक्षा व्यवस्था चुस्त बनाइने भएको छ । यहि फागुन ३ गते पोखरामा आयोजना हुने उक्त अन्तर्राष्ट्रिय म्याराथनको लागि सुरक्षा व्यवस्था चुस्त बनाइने हो ।

आइतबार जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख भरतमणी पाण्डेको उपस्थितीमा सम्पन्न भएको छलफलमा सुरक्षा व्यवस्था चुस्त बनाइने निर्णय भएको हो ।

नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुने उक्त पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा स्वदेशी र विदेशी धावकहरुको सहभागिता बढेसंगै उनीहरुको सुरक्षा र म्याराथनलाई व्यवस्थित तवरले सम्पन्न गर्न सुरक्षा व्यवस्था चुस्त बनाइने निर्णय गरिएको हो ।

यस्तै सो प्रतियोगितामा सहभागी हुने धावकहरुको दौडलाई सहज वातावरण बनाउनका लागि सुरक्षा व्यवस्था र रुटमा अवागमन हुने सवारी साधनहरुको प्रवाह कम गर्न सबै लाग्नुपर्ने मञ्चका पूर्व अध्यक्ष तेज बहादुर गुरूङले बताउनुभएको थियो ।

उहाँले सो बैठकमा १९ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी र रुटका बारेमा समेत जानकारी गराएका थिए ।

उक्त बैठक मञ्चका अध्यक्ष दिल बहादुर गुरूङको अध्यक्षतामा बसेको थियो ।

फागुन ३ गते हुने सो अन्तर्राष्ट्रिय म्याराथन पोखरा रंगशालाबाट सुरू भइ पोखरा महानगरभित्रका विभिन्न १७ वटा वडाहरुको रुट हुँदै पोखरा महानगर वडा नं ६ स्थित हल्लनचोकमा पुगेर सम्पन्न हुनेछ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला