मधेसका युवालाई चलचित्र विकास बोर्डले पटकथा लेखन तालिम दिने

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं । चलचित्र विकास बोर्डले मधेसमा पटकथा लेखन तालिम सञ्चालन गर्ने भएको छ । मधेस प्रदेशको राजधानी जनकपुरमा फागुन १३ देखि १५ गतेसम्म तालिम सञ्चालन गर्न लागिएको चलचित्र विकास बोर्डका सदस्य केएल बुढाथोकीले जानकारी दिनुभयो ।
बुढाथोकीका अनुसार सो तालिममा १८ देखि ४० वर्ष उमेर समूहका २० जना युवाहरूको सहभागिता रहनेछ ।

समावेशी सिद्धान्तका आधारमा मधेस प्रदेशका ८ जिल्लाबाट प्रशिक्षार्थी छनोटका लागि बोर्डले सात दिनको म्याद दिई बिहीबार आवेदन आह्वान गरेको छ ।
आवेदन फाराम बोर्डको वेबसाइटबाट डाउनलोड गरी भरेर बोर्डको इमेल ठेगाना dbworkshop2024@gmail.com मा पठाउन सकिनेछ ।

युवा चलचित्रकर्मीहरूलाई पटकथा लेखन सम्बन्धी सैद्धान्तिक एवं व्यवहारिक ज्ञान प्रदान गर्न तालिम सञ्चालन गर्न लागिएको बोर्डका अध्यक्ष दिनेश डिसीले जानकारी दिनुभयो । मधेसको मौलिक एवं यथार्थपरक कथा उजार गर्ने यो तालिमको उद्देश्य रहेको डिसीले बताउनुभयो ।

अध्यक्ष डिसीका अनुसार मधेशको चलचित्रकर्मलाई राष्ट्रिय मूलधारसँग जोड्ने, मातृभाषी चलचित्रको प्रवद्र्धन गर्ने बोर्डको लक्ष्यअनुसार तालिम सञ्चालन हुनेछ ।

तालिम संयोजक समेत रहेका बोर्ड सदस्य केएल बुढाथोकीका अनुसार तालिमकै क्रममा प्रशिक्षार्थीहरुबाट तयार पारिएका उत्कृष्ट पाँच पटकथालाई बोर्डका माध्ययमबाट प्रस्तुतीकरणका लागि पहल गरिनेछ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला