¥यान्डम रिडर्ससमा वैदेशिक रोजगारीको प्रभावबारे बहस

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । ¥यान्डम रिडर्स सोसाइटीले शनिवार पोखरामा वैदेशिक रोजगारीले नेपाली समाजमा पारेका प्रभावका बारेमा बहस गरेको छ । सोसाइटीले नेपाल प्रज्ञा–प्रतिष्ठानको सामाजिक शास्त्र विभागसँग सहकार्य गरी सो कार्यक्रम सम्पन्न गरेको हो ।
सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा सोसाइटीकै कोषाध्यक्ष ध्रुव केसीले ‘वैदेशिक रोजगारी : आर्थिक समृद्धि र सामाजिक सङ्कटका अन्तर्कथा’ शीर्षकमा अवधारणापत्र प्रस्तुत गनु्ृभएको थियो । वैदेशिक रोजगारीको क्षणिक प्रलोभनका कारण नेपालका गाउँ मात्र होइन सहरसमेत रित्तिँदै गएको बताउँदै केसीले यसतर्फ राज्यले बेलैमा ध्यान दिनुपर्नेमा जोड दिए । ‘बाध्यतामा विदेश जानेको कथा बेग्लै होला’ केसीले भन्नुभयो, ‘यहाँ त अधिकांश धनाढ्यका सन्तान विदेशमा छन् ।’ उहाँले रेमिट्यान्समा रमाउने राज्यसत्ता रहेसम्म आर्थिक समृद्धि सम्भव नहुने धारणा राख्नुभयो । वैदेशिक रोजगारीका कारण आर्थिक रूपमा केही आर्जन भएको देखिए पनि सामाजिक विखण्डनको डरलाग्दो तथ्याङ्क रहेको जनाउँदै उहाँले यसतर्फ सबै सचेत हुनुपर्नेतर्फ ध्यानाकर्षण गराउनुभयो ।

कार्यक्रमकी प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठान, सामाजिक शास्त्र विभागकी प्रमुख डा. कौशिला रिसालले प्रज्ञा–प्रतिष्ठान वा ¥यान्डम रिडर्स सोसाइटी जस्ता संस्थाले यस्ता विषयमा बौद्धिक बहस गर्दै जाँदा नीतिगत तहमा कुरा पुग्ने बताउनुभयो । उहाँले समाजलाई अग्रगति दिनका लागि सामाजिक विषयमा स्वस्थ बहस गर्नुपर्ने धारणा राख्नुभयो । वैदेशिक रोजगारीतर्फ नभई नेपालमै भएका सम्भावनातर्फ युवाहरूलाई आकर्षण गर्नुपर्ने बताउँदै उहाँले काम सानो ठुलो नहुने भएकाले सबै कामलाई सम्मान गर्ने वातावरण तयार भएमा विदेश लखेटिने वातावरण ह्रास आउने बताउनुभयो ।

कार्यक्रममा दीपक अधिकारी, प्रकाश रिजाल, धर्मेश जयसवाल, सुदिप घिमिरे, राजेन्द्र पौडेल, दुर्गाबहादुर शाह ‘बाबा’, अनुराग अधिकारी, भरतमणि भट्टराई, नवराज आचार्यलगायतले वैदेशिक रोजगारीका अनुभव र सोसम्बन्धी धारणा राखेका थिए ।
सचिव नेपालप्रकाश अधिकारीको सञ्चालनमा भएको कार्यक्रममा उपाध्यक्ष गौरी तमूले स्वागत गर्नुभएको थियो ।
सोसाइटीले हरेक महिनाको अन्तिम शनिवार कुनै पुस्तक वा विषयमा परिचर्चा गर्दै आएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला