
पोखरा । नेकपा (एमाले)निकट पत्रकारको संगठन प्रेस चौतारी नेपाल कास्की शाखाको अध्यक्षमा मोतिसागर अधिकारी सर्वसम्मत चयन हुनुभएको छ ।
प्रेस चौतारीको २७ औं स्थापना दिवसको अवसरमा मंगलबार भएको शाखाको नवौं अधिवेशनबाट अधिकारीको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
यसअघि संगठनको कार्यवाहक अध्यक्ष रहनुभएको अधिकारीले अध्यक्षको जिम्मेवारी सर्वसम्मत प्राप्त गर्नुभएको हो ।
समिति उपाध्यक्षमा गिरिधारी पोखरेल, उपाध्यक्ष (महिला)मा रोजी श्रेष्ठ, सचिवमा अनुप पौडेल, सहसचिवमा दीपक अधिकारी, सहसचिव (समावेशी)मा सुरेश सुनार र कोषाध्यक्षमा सन्दीप खनाल सर्वसम्मत भए ।
सञ्जय थापा, सुजन पौडेल, रचित पौडेल, आशिष पुरी, बिनिता राना, मदनमणि तिमिल्सिना, काशिनाथ कुमाल र मनिषा लामिछाने सदस्य चयन भए ।
समितिका दुई सदस्य कार्यसमिति बैठकबाट पछि मनोनित गरिने नवनिर्वाचित अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।
अधिवेशनबाट प्रदेश र केन्द्रीय प्रतिनिधिसमेत चयन गरिएको छ । प्रदेश प्रतिनिधिमा राजु गिरी, बालकुमारी पौडेल (तारा), अर्जुन गाहा (सुशान्त), रेजिना कटुवाल, शिशिर पौडेल र सुरेश रानाभाट चयन भए ।
केन्द्रीय प्रतिनिधिमा दीपेन्द्र श्रेष्ठ, हरि बास्तोला, ओम हमाल, पुण्य पौडेल, प्रकाश अधिकारी र शान्ति गुरुङलाई चयन गरिएको छ ।