टाइगर कप भलिबलः फाइनल खेल आज गण्डकी प्रदेश र नेपाल पुलिस क्लब भिड्दै

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल च्याम्पियनसिपको फाइलन खेल आइतबार ( आज ) हुँदैछन् ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १२ गतेदेखि सुरु भएको च्याम्पियनसिपको महिला र पुरुषतर्फका दुवै फाइनल खेल आइतबार हुन लागेको हो ।

आइतबार हुने पहिलो फाइलन खेल महिलातर्फको हुनेछ । बिहान ११ बजे सुरु हुने उक्त खेलमा आयोजक टाइगर ग्रुप र सशस्त्र प्रहरी बल ९एपीएफ० क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

एपिएफले पहिलो क्वालिफायरमा आयोजक टोली र आयोजक टोलीले दोस्रो क्वालिफायरमा टिपटप न्यू डायमण्ड स्पोट्र्स क्लबलाई पराजित गर्दै फाइलन यात्रा सुनिश्चित गरेका थिए ।

दोस्रो फाइलन खेल पुरुषतर्फको हुनेछ । दिउँसो एक बजेबाट सुरु हुने उक्त फाइलन खेलमा गण्डकी प्रदेश र नेपाल पुलिस क्लब भिड्ने छन् ।

पुलिसले पहिलो क्वालिफायर र गण्डकीले दोस्रो क्वालिफायरमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै फाइनलमा पुगेका थिए ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा भएको उक्त प्रतियोगिको विजेताले समान ५ लाख ८५ हजार ५५५ र उपविजेताले २ लाख ८५ हजार ५५५ रुपैयाँ पाउनेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार ७७७ रुपैयाँ प्राप्त गर्नेछन् भने विधागततर्फ उत्कृष्ट हुनेलाई समान १० हजार ५५५ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला