माछापुच्छे« गाउँपालिका अध्यक्ष कप भलिबल हुने, बिजेतालाई २ लाख पुरस्कार

नगेन न्यूज
  • ख-
  • ख+

हेमजा । कास्कीको माछापुच्छे गाउँपालिकाले, गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा तेस्रो संस्करणको अध्यक्ष कप ,गण्डकी प्रदेश अन्तरपालिका स्तरीय खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता २०८१ गर्ने भएको छ ।

खेलकुदमा युवाहरुलाई आकर्षित गर्ने र खेलकुदकै माध्यमबाट पालिकालाई चिनाउने उदेश्यले प्रतियोगिता आयोजना गरिएको गाउँपालिका अध्यक्ष मीन बहादुर गुरुङ बताउनुभयो ।

माछापुच्छे«–७, धम्पुसमा फागुन १४ देखि १७ गते सम्म चल्ने पुरुष भलिबल प्रतियोगिताको बिजेताले उपाधिसँगै नगद रु २ लाख र उपविजेताले नगद रु १ लाख साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।
सेमिफाइनलमा पराजित २ समुहलाई नगद रु ५०/५० हजार रुपैयाँ प्रदान गरिने छ । पुरुष भलिबल खेलमा पालिका बाहिरका जुनसुकै तह वा स्तरका २ जना खेलाडी समावेश गर्न सकिने छ ।
यता खुल्ला महिला भलिबल तर्फ बिजेतालाई उपाधिसँगै नगद रु १ लाख र उपविजेतालाई नगद रु ५० हजार साथमा ट्रफी,मेडल र प्रमाणपत्र दिइने छ ।
सेमिफाइनलमा पराजित २ समुहलाई नगद रु २५/२५ हजार रुपैयाँ प्रदान गरिने छ । महिला भलिबल तर्फ एक समुहमा २ जना सम्म राष्ट्रिय खेलाडी समावेश गराउन पाइनेछ ।

पुरुष तथा महिला भलिबल प्रतियोगिताको विधागत तर्फ बेस्ट प्लेयर,कोच, स्पाईकर,मिडल ब्लकर,डिफेन्डर,सर्भरलाई पालिकाको लोगो अङ्कित खेलकुद पोषाक प्रदान गरिने उपाध्यक्ष सिता अधिकारीले बताउनुभयो ।
प्रतियोगितामा सहभागि हुन फागुन १२ गते दिनको ठिक ३ बजे भित्र टिम दर्ता गर्नुपर्ने गाउँपालिका खेलकुद विकास समिति सदस्य सचिव हुम व. गुरङले बताउनुभयो ।
टिम दर्ता निशुल्क रहेको छ । पहिलो उद्धघाटन खेल फागुन १४ गते विहान ठिक ८ः०० बजे सुरु हने छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला