महोत्सवमा एकै स्थानमा सय भन्दा वढि प्रजातीका माछाको अवलोकन गर्न सकिने

नगेन न्यूज
  • ख-
  • ख+

लेखनाथ । कास्कीको लेखनाथमा जारी २० औं लेखनाथ महोत्सवमा एकै स्थानमा सय भन्दा वढि प्रजातीका माछाको अवलोकन गर्न सकिनेछ । महोत्सवमा पहिलो पटक राखिएको अक्वारियममा विभिन्न जातका रङ्गी विरङ्गी माछाले दर्शकहरुको ध्यान तान्ने गरेको छ । अक्वेरियम भित्र समुद्र मुनीको यात्राको महशुस गर्दै दर्शक र विद्यार्थीहरु फोटो खिचाउन भिड लाग्ने गरेको छ ।

अक्वारियमले महोत्सवमा थप आकर्षण दिएको र माछा सम्बन्धी थप अनुसन्धानका लागि पनि उपयुक्त भएको छ । माछालाई उपयुक्त वातावरण र पानीको गुणस्तर मापन गरी व्यवस्थापन गर्न ठूलो लगानी र वातावरणलाई ख्याल राख्नु पर्ने हुँदा थप ब्यवस्थापन गर्न आवश्यक रहेको छ ।
विषेश गरी बालवालिकाको लागि थप आकर्षक बनेको लेखनाथ उद्योग वाणिज्य संघका कोषाध्यक्ष एवं अर्थ तथा वित्त व्यवस्थापन समितिका संयोजक धु्रवबाबु भट्राईले जानकारी दिनुभयो ।

यसैबिच महोत्सवको छैंटौ दिन मंगलबार करिव १० हजार दर्शकले मेलाको अवलोकन गरेका छन् भने ३० लाख बरावरको आर्थिक कारोबार भएको महोत्सवका प्रचार प्रसार उप समितिका संयोजक जानुका अधिकारीले जानकारी दिनुभयो ।
हालसम्म महोत्सवको ९६ हजार दर्शकहरुले अवलोकन गरेका छन भने ३ करोडको कारोबार गर्न सफल भएको छ ।

महोत्सवको पनि महोत्सवका रुपमा चिनिएको लेखनाथ महोत्सवमा साहित्य, महिला विशेष, विद्यालयस्तरीय, सांस्कृतिक, आदिवासी, जनजाति विशेष कार्यक्रम, जैविक विविधता, कृषि तथा पशुपंक्षी प्रर्दशनी, सुचना प्रविधि, शैक्षिक प्रर्दशनी, हस्तकला, जातजातिहरुको सम्मानमा लोप हुन लागेका रितिरिवाज तथा संस्कृति झल्काउने उत्कृष्ट नृत्य प्रर्दशनी रहने छन ।
महोत्सवमा ख्याति प्राप्त हास्य व्यंग्य कलाकारहरुको दैनिक प्रस्तुति, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी गीत, लाइभ म्युजिक कन्सर्ट थप आर्कषणका रुपमा राखिएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला