कास्की जिल्ला टेबल टेनिस संघको अध्यक्षमा गौतम राज लामा योन्जन चयन

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । कास्की जिल्ला टेबल टेनिस संघको अध्यक्षमा गौतमराज लामा योन्जन चयन भएका छन् । संघको २० औं साधारण सभा तथा ७ औं अधिवेशनले योन्जनको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मतले चयन गरेको हो ।
संघको प्रथम उपाध्यक्षमा मुना थापा, द्वितिय उपाध्यक्षमा रविनाथ पन्त, सचिवमा दिपक भण्डारी, सहसचिवान रविन्द्र कट्टेल, कोषाध्यक्षमा देव भुजेल, कार्यसमिति सदस्यमा किसान जिसी, आस्था केसी, तिलक थापा, सोनिम गुरुङ र समिक्षा पोख्रेल रहेका छन् ।

यस अघि सभाको उद्घाटन गर्दै जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख सुन बहादुर लामाले खेलाडीको सफलता उसको मेहनत र धैर्यतामा भर पर्ने बताउनुभयो । खेलाडी उत्पादनमा राज्यको ध्यान जानुपर्ने बताउदै टेवुल टेनिस सानो खेल नभई यसका प्रतियोगिता र कार्यक्रम नभएर सानो भएको बताउनुभयो ।

संघका सल्लाहाकार रमाकान्त बरालले खेलाडीलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पुर्याउन केन्द्रित भएर खेलकुदका गतिविधि वढाउनु पर्ने बताउनुभयो । नेपाल पत्रकार महासघं कास्की सहसचिव मधु अधिकारीले टेवुलटेनिस सर्वसुल्लभ खेल भएकाले हरेक वडाको सार्वजनिक स्थल वा भवनहरुमा यसको संरचना बनाउन सके टेबुलटेनिस खेलमा खेलाडीको उत्साह र निरन्तरता बढ्ने बताउनुभयो ।
संस्थाका अध्यक्ष उत्तम जोशीले आफ्नो कार्यकालमा भएका उपलब्धी सहितको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै राष्ट्रपति रनिङशिल्डमा टेवुल टेनिसलाई समेट्नु पर्ने धारणा प्रकट गर्नुभयो ।
जोशीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत रवि पन्त, धन्यवाद ज्ञापन निर्मल सोती र संचालन सचिव कृष्ण रानाभाटले गर्नु भएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला