सेकेण्ड नाईन गोरखा राईफल्स एशोसिएसन गण्डकी अध्यक्षमा सुबेदार चित्र मल्ल

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । सेकेण्ड नाईन गोरखा राईफल्स एशोसिएसन गण्डकी प्रदेशको ८ औ साधारण सभा तथा तेस्रो अधिवेशनमा सुबेदार चित्र बहादुर मल्लको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्विरोध चयन भएको छ ।

एशोसिएसनको वरिष्ठ उपाध्यक्षमा असुमे कृष्ण चन्द ठकुरी , दितिय उपाध्यक्षमा सुबेदार सुर्य कार्की , सचिवमा क्या लेख बहादुर के.सी , कोषाध्यक्षमा सुबेदार नारायण छेत्री , सह सचिवमा देवी थापा , सह कोषाध्यक्षमा हवल्दार कृष्ण पौडेल निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यहरुमा सुबेदार प्रेम बहादुर थापा , सोचना सेन , कृष्ण कुमारी क्षेत्री , पुष्पा बानियाँ , क्या कृष्ण बहादुर थापा , क्या ऋषि राम गौतम र सुबेदार टेकेन्द्र खड्का रहेका छन् ।
निर्वाचन संयोजक सुबेदार हरि बहादुर अधिकारी, सदस्य सुबेदार हिरा बहादुर क्षेत्री र भेषराज पौडेलले नवनिर्वाचित टिमलाई सपथ गराउनु भएको थियो ।
नव निर्वाचित अध्यक्ष चित्र बहादुर मल्लले निर्वाचन मण्डल र साथ सहयोग दिएका सम्पुर्ण सदस्यलाई धन्यवाद दिदै सेकेण्ड नाईन गोरखा राईफल्स एशोसिएसनको गरिमा र उचाईलाई थप टेवा दिने र एकतामा ध्यान दिने बताउनु भयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला