स्याङ्जाली दिदीबहिनी एकता समाजको तेस्रो वार्षिक साधारण सभा पोखरामा सम्पन्न

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । स्याङ्जा घर वा माइत भैँ पोखरामा विभिन्न पेसा व्यवसाय तथा बसोबास गर्दे आउनु भएका महिला दिदी बहिनीहरू आबद्ध स्याङ्जाली दिदी बहिनी एकता समाजको तेस्रो वार्षिक साधारण सभा तथा वनभोज कार्यक्रम पोखरामा सम्पन्न भएको छ ।
साधारण सभाको उद्घाटन गर्दे पोखरा महानगर पालिका वडानम्बर १७ का वडाध्यक्ष राधिका शाही योगीले महिलाहरूको नेतृत्व विकासको लागि यस्तो समाजले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।

उद्यमी बन्न चाहने ३० जना महिलाहरूलाई वडाको तर्फ बाट तालिम प्रदान गर्न लागिएको बताउनु भयो । महिलाहरूलाई हरेक क्षेत्रमा नेतृत्व लिन आग्रह गर्दे उहाँले आगामी निर्वाचनमा पोखराका धेरै वडाहरूमा महिला अध्यक्ष आउनु पर्नेमा बताउनु भयोे ।
पोखरा महानगरमा कार्यरत कपिल गिरीले स्याङ्जाली दिदी बहिनी एकता समाजलाई प्रपोजल लेखन देखि सबै दिदी बहिनी अट्ने विधान बनाउन सहयोग गर्ने बताउनु भयो ।

पोखरा टेलिभिजनका समाचार प्रमुख घनश्याम पाण्डेले समाजले एक आपसमा चिनजान सहित महिलाहरूको क्षमता अभिवृद्धिमा सहयोग पु¥याएको भन्दै मिडियाको तर्फबाट समाजले गरेर कार्यक्रममाहरुमा प्रचार प्रसारमा सक्दो सहयोग गर्ने बताउनु भयो ।
लोकदोहोरी कलाकार एवं समाजका सल्लाहकार सिता केसी लगायतले बोल्नु भएको कार्यक्रममा सचिव सपना गिरी ,कोषाध्यक्ष सन्तु पौडेलले प्रस्तुत गनुर्् भएको सचिव र कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मत पारित गरि सम्पन्न भएको छ ।
समाजका अध्यक्ष संगिता पाण्डेले ७ जना बाट सुरु गरेको समाजमा अहिले १ सय ३५ सदस्यीय भएको बताउनु भयो । कार्यक्रममा आजीवन सदस्य हुनु भएका २१ जना लाई प्रमाण पत्र वितरण गरिएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला