१२४ को सित्तैमा मधुमेह र टिजी जाँच

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । सहनशील महिला समूह पोखरा ५, राधाकृष्ण टोलमा शनिबार भएको निशुल्क रक्त परीक्षण शिविरमा १ सय २४ जनाको सित्तैमा जाँच गरिएको छ ।
पोखराको गिरी कम्प्लेक्समा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)को प्राविधिक सहयोगमा मधुमेह तथा रगतमा हुने खराब बोसो (टिजी)सम्बन्धी जाँच सित्तैमा गरिएको हो ।

कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ फिजिसियन डा कृष्णराज अधिकारीले मधुमेह र टिजीका समस्या हुने कारण, निदान र उपचार पद्धतिबारे प्रकाश पार्नुभयो । उहाँले उचित खानपान, नियमित व्यायम, बेला बेलामा चेकजाँच गरे यी रोग लाग्ने सम्भावना कम हुने र लागि हाले पनि बेलैमा उपचार गर्दा अनेक कठिनाइबाट बच्न सकिने उल्लेख गर्नुभयो ।

पोखरा ५ का कार्यवाहक वडाध्यक्ष गोविन्दप्रसाद पराजुलीले यस खालका शिविरले नागरिकलाई स्वास्थ्यको महत्व बुझाउँदै टोल टोलमै गुणस्तरीय स्वास्थ्य सेवासमेत पु¥याउने उल्लेख गर्नुभयो ।
गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्रमाणित रेफरेन्स ल्याब युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्थले स्थापना कालदेखि नै सेवासँगै सामाजिक उत्तरदायित्व निर्वाहसमेत गर्दै आएको उल्लेख गर्नुभयो ।

युआरएलका प्रबन्ध निर्देशक गणेशप्रसाद कोइरालाले अहिले प्रदेशका १५ शाखाबाट सेवा प्रदान गरिरहेको जनाउँदै चाँडै केही जाँचहरु थप्ने योजनासमेत सुनाउनुभयो । युआरएलले विभिन्न संघ, संस्थाको सहकार्यका आयोजना गरेको यो एक सय ८७ औ शिविर हो ।
यी शिविरमा अहिलेसम्म दुई लाखभन्दा बढीले सित्तैमा सेवा लिइसकेका छन् ।
सहनशील महिला समूहकी अध्यक्ष विजयलक्ष्मी कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष रमा कोइराला, लक्ष्मणप्रसाद कोइराला, पूर्वअध्यक्ष सुमित्रा कोइराला, सचिव सुनिता लामिछाने कोइराला लगायतले बोलेका थिए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला