पोखरा १५ मा बृहत् खेलकुद महोत्सवको तयारी तीव्र, ‘राईट फर चिल्ड्रेन’ संघसंस्था सहयोगी

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पोखरा वडा नं. १५ कार्यालयले आगामी माघ २ गतेदेखि आयोजना गर्ने बृहत खेलकुद महोत्सवको तयारी तीब्रताका साथ अगाडि बढाएको छ । महोत्सव संयोजक तथा वडा सदस्य आशिष भण्डारीका अनुसार अघिल्ला दुई महोत्सवभन्दा थप परिस्कृत र भव्य रूपमा सम्पन्न गर्ने गरी तयारी अघि बढाइएको छ ।

वडा स्थित विभिन्न संघसंस्थाले पनि सहयोगी हात अघि बढाएका छन् । बालबालिकाको क्षेत्रमा कार्यरत ‘राईट फर चिल्ड्रेन’ ले पनि संस्थागत सहयोग गर्ने भएको छ ।
खेलकुद महोत्सव सहयोगार्थ उक्त संस्थाले दुई लाख ५० हजार रकम प्रदान गर्ने सम्झौता भएको छ । संस्थाले फोटो तथा भिडियोग्राफी, डिजिटल बोर्ड डिस्प्ले, खेलाडी जर्सी, साउण्ड सिस्टम तथा टेन्ट, कुर्ची व्यवस्थापनका लागि सहयोग गर्नेछ ।

वडा कार्यालयका तर्फबाट वडा अध्यक्ष तोरणबहादुर बानियाँ तथा ‘राईट फर चिल्ड्रेन’का तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृति श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।
कार्यक्रममा महोत्सव संयोजक एवं वडा सदस्य आशिष भण्डारी, वडा सदस्य बलराम पौडेल, वडा सचिव युवराज पौडेल, ‘राईट फर चिल्ड्रेन’ का परियोजना प्रवन्धक सन्तोष गुरूङ, अधिकृत लक्ष्मी गौतमलगायतको उपस्थिति रहेको थियो ।

वडाध्यक्ष बानियाँले वड़ा खेलकुद महोत्सवको अवधारणा अनुरुप स्थानीय तहमा खेलकुदको माध्यमवाट समुदायको सर्वांङ्गिण विकास गर्न केन्द्रित रही महोत्सवलाई निरन्तरता दिइएको बताउनुभयो । उहाँले यस्ता गरिमाामय संघसंस्थाको सहयोगबाट वडा उत्साहित बनेको र आफूहरुको अभियानलाई अघि बढाउन मद्धत पुग्ने बताउनुभयो ।

‘राईट फर चिल्ड्रेन’ ले पोखरा १५ मा समुदायमा आधारित कार्यक्रम शिशु स्याहार केन्द्र (ईसीडी) शिवशक्ति टोल, निर्मल टोल, गैह्री गाउँ र पट्नेरीमा सञ्चालन गरिरहेको छ ।
यस्तै, स्वास्थ्य शिविरहरु, शिक्षा सम्बन्धी कार्यक्रममा पनि सहयोग गरिरहेको छ । बालबालिकालाई पूरक कक्षा, माध्यमिक तहका विद्यार्थीहरूलाई वृत्ति परामर्श दिएर वडासँग समन्वय सहकार्य गरिरहेको परियोजना प्रवन्धक सन्तोष गुरुङले बताउनुभयो ।

वडा कार्यालयले आयोजना गरेको खेलकुद महोत्सवको यो तेस्रो संस्करण हो । माघ ६ गतेसम्म पाँच दिन चल्ने प्रतियोगितामा फुटबल, भलिबल, ब्याडमिन्टन, ह्वीलचेयर क्रिकेट, रस्साकसी, दौड, साइक्लिङ, युनी हक्की लगायतका खेलमा प्रतिष्पर्धा हुनेछ ।

‘राष्ट्रिय गरिमा र सामाजिक रूपान्तरणको लागि खेलकुद’ भन्ने नाराका साथ हुने खेलकुद महोत्सवमा विगतका संस्करण भन्दा खेल संख्या र पुरस्कार राशीमा वृद्धि गरिएको छ ।
वन विज्ञान अध्ययन संस्थान पोखराको खेल मैदानका साथै वडा स्थित विभिन्न संघसंस्थाका खेलकुद स्थलमा प्रतियोगिता सञ्चालन हुनेछ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला