कालिका आधारभुुत विद्यालयमा छात्रबृत्ति अक्षयकोष

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पोखरा महानगरपालिका वडा नं ३२ मजुुवा स्थित कालिका आधारभुुत विद्यालयमा एक लाख ११ हजार १११ रुपैयाँको छात्रबृत्ति अक्षयकोष स्थापना भएको छ ।
विद्यालयमा आज आयोजित एक समारोहका बीच पोखरा महानगरपालिका वडा नं १६ तल्लो दीप जोगिमणि मार्ग निवासी धनबहादुर थापाले अक्षयकोष रकम हस्तान्तरण गर्नुुभएको हो ।

उक्त रकमको व्याजबाट वार्षिक रुपमा विद्यालयमा वर्ष उत्कृष्ट विद्यार्थीका साथै विद्यालयमा विशिष्ट योगदान गर्ने सामाजिक व्यक्तित्वाई पुरस्कृत तथा सम्मानित गरिने कार्यक्रममा जानकारी गराइयो ।
सहयोग हस्तान्त्रण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमबहादुर गुुरुङ, शिक्षक अभिभावक संघका अध्यक्ष मोहनकुुमार प्रधान, विद्यालयका प्रधानाध्यापक द्रोणराज सुवेदी, पूर्व प्रधानाध्यापक विष्णुुबहादुर बस्नेत लगायतको उपस्थिति थियो ।

अक्षयकोष सहयोगी दाता थापाले यस अघि पनि विभिन्न संघ संस्थामा सहयोग गर्दै आउनुुभएको छ । उहाँ शिक्षासेवीसँगै सफल व्यवसायीका रुपमा रहनुुभएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला