कुँवर समाज समितिको आँखा शिविर सम्पन्न

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पोखरा महानगरपालिका वडा नं. ८ मा रहेकोे कुँवर समाज समितिको आयोजनामा वडा नं. ८ को आर्थिक सहयोगमा कुँवर टोलमा रहेको कुँवर समाज समितिको भवनमा जेष्ठ नागरिक आँखा जाँच घुम्ती शिविर कार्यक्रममा १५५ जनाले आँखा जाँच गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगर पालिका वडा नं. ८ का वडा अध्यक्ष रुद्रनाथ बरालले वडाको विकास निर्माणका साथ साथै नागरिकको स्वास्थ्य प्रति पनि वडा कार्यालयले सहकार्य गरेर काम गर्दै आएको वताउनुभएको थियो ।

सो अबसरमा स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष कृष्ण रानाभाट, पोखरा ८ का वडा सदस्यहरु हिराकाजि श्रेष्ठ र गोबिन्द बराल, हिमालय आँखा अस्पतालका डा. दिपेस मान ठकुरीले सामान्य अवस्थामा हरेक व्यक्तिले नियमित रुपमा ३ देखि ६ महिनामा एक पटक आँखा जाँच गर्नुपर्ने बताएका थिए ।

समितिका अध्यक्ष कृष्ण कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत युथ अफ कुँवरटोलका अध्यक्ष राजु कुँवर र संचालन सचिव लक्ष्मी कुँवरले गर्नुभएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला