वुमन्स च्यालेन्जर कपको उपाधि टिम अकलालाई

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पोखरामा सम्पन्न दोस्रो वुमन्स च्यालेन्जर कप टी२० क्रीकेट प्रतियोगिताको उपाधि टिम अकलाले जितेको छ । राउन्डरोविन लिगको आधारमा भएको प्रतियोगितामा रनरेटमा टिम विन्ध्यवासिनी र भद्रकालीलाई पछि पार्दै अकला च्याम्पियन बन्न सफल भएको हो ।
कास्की जिल्ला क्रीकेट संघको आयोजनामा पोखरा रंगशालास्थित क्रीकेट मैदानमा प्रतियोगिता सञ्चालन भएको थियो ।

चार टिम सहभागि तीन दिनसम्म चलेको प्रतियोगितामा टिम भद्रकाली, अकला र विन्ध्यवासिनीले समान ३ खेल खेल्दा २ जित र १ हार व्यहोर्दै समान ४–४ अंक प्राप्त ग¥यो । टिम बाराही भने ३ खेलमै हार व्यहोर्दै जितविहिन भयो ।
शुक्रबार सम्पन्न प्रतियोगिताको पहिलो खेलमा ११४ रनको विजयी लक्ष्य पाएको अकला २० ओभरमा ६विकेट गुमाउँदै १०५ रनमा सिमित हुँदा भद्रकालीले ८ विकेटको जित हासिल गर्न सफल भएको हो ।
अकलाका लागि सिर्जना पौडेलले ४५ रनको योगदान दिनुभयो । कृष्टीना अर्यालले ११ रनको योगदान दिनुभयो । भद्रकालीका लागि रेजिना विकले २ तथा पुुर्णिमा गुरुङले १ विकेट लिनुभयो ।
टस जितेर ब्याटिङ थालेको भद्रकालीले २० ओभरमा ३ विकेट गुमाउँदै ११३ रन बनायो ।
भद्रकालीका लागि रेखा तामाङले ५४ रनको उत्कृष्ट अर्धशतकीय पारी खेल्नुभयो । उहाँ जारी प्रतियोगितामा अर्धशतक बनाउने पहिलो खेलाडी हुनुहुन्छ ।

यस्तै सिर्जना विकले १९ रन जोड्नुभयो । अकलाको लागि सुुशिला डिमडुुङ र सिर्जना पौडेलले १÷१ विकेट लिइन् । बाराहीलाई विन्ध्यवासिनीले ३८ रनले हराएको छ । १२३ रनको विजयी लक्ष्य पाएको बाराही १३.२ ओभरमा ८४ रनमा अलआउट हुन पुुग्यो ।
बाराहीका लागि विनिता नेपालीले सर्वाधिक २४ रनको योगदान दिनुभयो ।
यस्तै विन्दु ठकुरीले १७ तथा यशोदा भुजेलले १४ रनको योगदान दिनुभयो । विन्ध्यवासिनीका लागि मेघा खड्गी र चन्द्रमाया बरालले समान ३÷३ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको विन्ध्यवासिनीले २० ओभरमा ९ विकेट गुमाउँदै १२२ रन बनाउन सफल भयो ।
विन्ध्यवासिनीका लागि चन्द्रमाया बरालले ४३ रनको योगदान दिनुभयो । सफलता भुजेलले १८ रनको योगदान दिनुभयो । बाराहीका लागि यशोदा भुजेलले ३ तथा सोफिया गुुरुङले २ विकेट लिए ।
सम्पन्न प्रतियोगिताबाट प्रधानमन्त्री कप र दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कास्की जिल्लाबाट खेलाडी छनौट गरिनेछ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला