
पोखरा । पोखरामा दोस्रो संस्करणको वुमन्स च्यालेन्जर कप टी२० क्रीकेट प्रतियोगिता सुुरु भएको छ । कास्की जिल्ला क्रीकेट संघको आयोजनामा आजबाट प्रतियोगिता सुुरु भएको हो । पोखरा रंगशालास्थित क्रीकेट मैदानमा पहिलो दिन टिम अकला र टिम विन्ध्यवासिनीले जित हासिल गरेको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा टिम अकलाले टिम बाराही माथि १० विकेटको जित हासिल ग¥यो । ९८ रनको विजयी लक्ष्या पाएको टिम अकलाले ९.४ ओभरमा पुुरा ग¥यो । ओपनर सिर्जना पौडेलले ३९ बलमा सर्वाधिक ४६ रनको योगदान दिनुभयो । सुुस्मिता श्रेष्ठले २९ बलमा १४ रन बनाउँदै अविजित रहनुभयो । त्यस अघि टस जितेर ब्याटिङ थालेको बाराहीले १९.१ ओभरमा ९७ बनाउँदा अलआउट हुन पुुग्यो । बाराहीका लागि रिया तामाङले २६ बलमा २४ रन बनाउँदै नटआउट रहनुभयो । यस्तै रिया गुरुङले ११ रन जोड्नुभयो । अकलाका लागि सिर्जना पौडेलले ३.१ ओभरमा १३ रन खर्चेर सर्वाधिक ४ विकेट लिनुभयो । सुशिला डिमडोङले १ विकेट लिनुभयो । सिर्जना खेलको प्लेयर अफ दी म्याच घोषित हुनुभयो ।
दोस्रो खेलमा विन्ध्यवासिनीले भद्रकालीलाई १ विकेटले हरायो । ८४ रनको विजयी लक्ष्य पाएको विन्ध्यवासिनीले १८.२ ओभरमा ९ विकेट गुमाउँदै जित हासिल ग¥यो । खेलको प्लयेर अफ दी म्याच विन्ध्यवासिनीकी चन्द्रमाया बराल घोषित हुनुभयो । उहाँले ४ विकेट लिइन भने ५ रन जोड्नुभयो । त्यस अघि टस जितेर ब्याटिङ थालेको भद्रकालीले १९.२ ओभरमा ८३ रन बनाउँदै अलआउट हुन पुुग्यो ।
उद्घाटन सत्रमा कास्की जिल्ला क्रीकेट संघका उपाध्यक्ष दिपेन्द्र चन्दले खेलाडीलाई आफ्नो खेल कौशल देखाउन आग्रह गर्नुभयो । प्रधानमन्त्री कप महिला क्रीकेट प्रतियोगिता र दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोट खेल समेत भएकाले छनोट हुने गरि प्रदर्शनी गर्न आग्रह गर्नुभयो । उहाँका अनुसार प्रतियोगिता तीन दिनसम्म चल्ने छ । कास्की जिल्ला स्तरीय छनोट भएका खेलाडीले प्रदेशको छनोट खेल्ने छ । राष्ट्रिय क्रीकेट टिमका लागि पहिलो खुुड्किलो भएकाले मिहेनतका साथ खेल्न उहाँको जोड थियो । कार्यक्रम सञ्चालन संघका सदस्य कमल थापाले गर्नुभएको थियो ।
प्रतियोगितामा कुल चार टिमको सहभागिता रहेको छ । दुुई दिन खुल्ला क्याम्प राखेर चार टिम बनाएको थापाले जानकारी दिनुभयो ।