छोरेपाटन माविका २२ सय विद्यार्थीहरुको आँखा परिक्षण

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । छोरेपाटन मावि भूपू विद्यार्थी मञ्चको आयोजना र हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा पोखरा १७ छोरेपाटनमा रहेको छोरेपाटन माविका २२ सय विद्यार्थीहरुको निशुल्क आँखा शिविर सोमबार सम्पन्न भएको छ ।

शुक्रबार शिविरको गण्डकी प्रदेश निति तथा योजना आयोगका सदस्य दिपक भण्डारीले उद्घाटन गर्दै विद्यार्थी कालमा पढ्ने र जिवनमा उपयोग हुने सिप सिक्नु पर्ने वताउँदै आँखामा कुनै पनि समस्या देखिएमा आफै उपचार गर्न भन्दा अस्पतालमा गएर जाँच गरेर मात्र औषधि राख्नु पर्ने वताउनुभयो ।

हिमालय आँखा अस्पतालका प्राविधिकहरु अर्सु केसी, प्रशान्त भण्डारी, कृष्टिना खड्का, रितिका विक लगायत १७ जनालाई सम्मान गरिएको थियो ।

सो अवसरमा विद्यालयका प्रधानाध्यापक डिल्लीराम शर्मा, सहायक प्रधानाध्यापक खेमराज वराल ध्रुब, मेघनाथ पौडेल, पिटि शिक्षक दिपक सुनार, मञ्चका अध्यक्ष कृष्ण रानाभाट, उपाध्यक्ष हिमलाल उपाध्याय, सचिव शालिकराम भण्डारी लगायतले वोलेका थिए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला