पर्यटनको राजधानी पोखरामा अन्तर्राष्ट्रिय बेलनु महोत्सव पुस ९ देखि

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पर्यटनको राजधानी पोखरामा बि वाइ डि अन्तर्राष्ट्रिय बेलनु महोत्सव हुने भएको छ । पोखराको पामे क्षेत्रमा यही पुस ९ देखि १७ गतेसम्म उक्त महोत्सव हुने भएको हो ।

विशेषगरी यस सुन्दर नगरी पोखरालाई साहसिक खेलकुदको माध्यमबाट पर्यटन प्रबद्र्धन गर्ने उद्वेश्य सहित पोखरा पर्यटन परिषद् र बेलुन नेपाल प्रा.लि.को संयुक्त आयोजनामा यो महोत्सव हुन लागेको हो ।

क्रिसमस र अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर हुने यस महोत्सवले आन्तरिक मात्र नभई वाह्य पर्यटकलाई पनि आकर्षित गरी पोखरा मात्र नभई समग्र नेपालको पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्धन गर्न सहयोग पुग्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले बताउनुभएको छ ।

यस महोत्सव अवधिभर विभिन्न सांस्कृतक कार्यक्रमहरुका साथै पोखराका स्थानीय सांगीतिक ब्यान्ड र दीपक बज्राचार्य एण्ड टिम, राजु लामा एण्ड मंगोलियन हार्ट, एलिना चौहान, कुमा सागर एण्ड ख्वपः ब्यान्ड जस्ता नेपाली कलाकारको सांगीतिक प्रस्तुति पनि रहने उहाँले बताउनुभयो ।

नौ दिनसम्म सञ्चालन हुने यस महोत्सवमा अमेरिका, स्पेन, जापान, दक्षिण कोरिया, बेलायत, मलेसिया, लिथुआनिया, थाइल्यान्ड, भियतनामलगायत २० भन्दा बढी देशको सहभागिता रहने बेलुन नेपाल प्रा.लि. का प्रबन्ध निर्देशक सविन महर्जनले जानकारी दिनुभएको छ ।

त्यस्तै महोत्सवमा १५ देशका पाइलट पनि सहभागि हुने र एकै पटकमा २० वटासम्म बेलुनहरु पोखराको आकाशमा उड्ने उहाँले बताउनुएको छ ।

सो हट एयर बेलुनमा एकपटकमा ८ जनासम्म पर्यटक उड्न सक्नेछन् । बेलुन उडान महोत्सव अवधिमा बिहान ६ देखि ९ बजे र बेलुकी ४ देखि ६ बजेसम्म हुनेछ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जमिनको सतहदेखि ५ हजार फिट उचाइसम्म बेलुन उड्न पाउनेगरि सीमा तोकिदिएको छ ।

पोखराको आकाशमा बेलुनको उचाईबाट उत्तरतर्फको हिमाली श्रृंखला, पोखरा शहर, फेवाताल सहितका यहाँका प्राकृतिक सौन्दर्य समेत अवलोकन गर्न पाइने आयोजकले जनाएको छ ।

सुरक्षाको लागि महोत्सव अवधिभर पामेको आकाशमा नोटाम (टु एयर म्यान) जारि गरिएको पोखरा विमानस्थलका प्रबन्धक योगेन्द्र कुँवरले बताउनुएको छ ।

वि.सं २०७३ सालमा स्थापना भएको बेलुन नेपाल प्रा।लि।ले २०७५ सालदेखि पोखरामा हट एयर बेलुनको व्यावसायिक उडान गर्दै आएको छ ।

कम्पनीले गत वर्ष फेब्रुअरीमा थाइल्याण्डमा सम्पन्न ‘इन्टरनेशनल बलुन फियस्ता, २०२४’ मा सहभागिता जनाइसकेको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला