नेपाल ठकुरी सगँम कास्कीको अध्यक्षमा याम हमाल

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । नेपाल ठकुरी सगँम कास्कीकोे २६ औं साधारण सभा तथा दशौं अधिवेशनबाट याम हमाल ठकुरीको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्विरोध चयन भएको छ ।

समितिको बरिष्ठ उपाध्यक्षमा हिरा बिक्रम शाही, द्धितिय उपाध्यक्षमा कृष्ण बहादुर चन्द , सचिवमा रबिन्द्र बम मल्ल , सदस्यहरुमा नितु शाहि, दिल कुमारी खाँण, सन्तोष मल्ल, दिपक मल्ल छन् ।

नव निर्वाचित अध्यक्ष याम हमालले निर्वाचन मण्डल र साथ सहयोग दिएका सम्पुर्ण सदस्यलाई धन्यवाद दिदै ठकुरीको हकहित र एकतामा ध्यान दिने बताउनु भयो ।

कार्यक्रममा नेपाल ठकुरी महासंघ नेपालका केन्द्रिय अध्यक्ष खिम बहादुर शाहिले ठकुरीकोे हितमा हुने हरेक निर्णय गर्न आफू तयार रहेको बताउँदै ठकुरीकोे गरिमा र उचाईलाई थप टेवा दिदैँ आर्थिक पारदर्शिता र सामाजिक उत्तर दायित्वलाई पहिलो प्राथमिकतामा राख्ने बताउनुभयो ।
निर्वाचन संयोजक बिरेन्द्र हमालले निर्वाचन एक प्रजातान्त्रिक पद्घति भएकोले जसले जिते पनि ठकुरी संगम परिवार कास्कीले जितेको सोचेर सबै मिली अघि बढ्न सुझाव दिनुभयो ।
सभामा नेपाल ठकुरी सगँम कास्कीका सल्लाहकार दुर्गा बहादुर शाह, अनिल कुमार शाहि, दर्शन बचत तथा ऋण सहकारीका अध्यक्ष राजाराम शाही , ठकुरी महिला परिवार कास्कीका अध्यक्ष सरस्वती हमाल, ठकुरी युवा परिवार कास्कीका अध्यक्ष रमेश हमाल लगायतले शुकामना व्यक्त गरेका थिए ।

निर्वाचन संयोजक बिरेन्द्र हमालले नवनिर्वाचित टिमलाई सपथ गराउनु भएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला