तान्चोकको कान्छी बराह मन्दिर प्रवद्र्धनको लागि हाइकिङ

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नं. ७ मा रहेका धार्मिक ऐतिहासिक कान्छी बराह मन्दिरको प्रवद्र्धनको लागि हाइकिङ कार्यक्रमको आयोजना गरिएको छ ।
गण्डकी प्रदेश निति तथा योजना आयोगका सदस्य दिपक भण्डारीको विशेष उपस्थिति रहेको उक्त हाइकिङमा पर्यटकीय गन्तव्यहरुको प्रचारप्रसारमा हाइकर्स क्लबले उदाहरणिय कार्य गरेको वताउँदै समय मिलेसम्म आफु सहभागी हुने वताउनुभयो । साथै उहाँले हाइकिङ कार्यक्रमलाई सहयोग पुग्ने गरी राज्यले निति ल्याउनु पर्ने वताउँदै आफुले निति तथा कार्यक्रम निर्माण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

पितम देउराली आमा समुहले हाइकिङमा सहभागिलाई फुलको गुच्छाले स्वागत गर्दै स्थानिय कला सस्कृति प्रस्तुत गरी साँस्कृतिक कार्यक्रम देखाएका थिए ।
हाइकर्स टोली लाई स्थानिय समाजसेवी तथा कृषि फर्म संचालक कमल गुरुङले कान्छी वराहदेखि पितम देउरालीसम्म साथ दिनुभएको थियो ।
उक्त स्थानमा व्यवसाय गरेकी डबल फरेष्ट रेष्टुरेष्ट तथा लजकी संचालिका सन्जु आचार्य पौडेलले पर्यटन प्रवद्र्धनको उद्धेश्य वोकेर आएको हाइकिङको समुहलाई खानामा विषेश छुट दिनुभएको थियो भन पितम देउरालीमा खानेपानी २० किमी टाडाबाट ल्याएको कारण रिर्जव टंकी निर्माण गर्न, पैदल यात्रीलाई १२ महिना हिड्न सहज हुने सिंडी बाटो निर्माण गर्न तथा हाइकिङ तथा ट्रेकिङमा आउने पर्यटकको लागि फोहर फ्याक्ने डस्विन ठाउँठाउँमा राख्न स्थानिय सरकारसंग माग गर्नुभएको छ ।

सो अवसरमा पोखरा १७ को पुल्चोक क्लबका अध्यक्ष सुरज खवास, क्लबकी सल्लाहकार जुना गुरुङ, अभिवक्ता राजेन्द्र वस्याल, पत्रकारहरु नविन क्षेत्री र सुरज वरायली, समाजसेवी सितला थापा, वसन्त वञ्जरा, पुर्व प्रनि पुष्पकमल श्रेष्ठ, व्यवसायी देवी गुरुङ, गृहणी शुशिला रानाभाट, सर्मिला रानाभाट, विद्यार्थी तपस्या रानाभाटलगायत ३५ जनाको सहभागिता रहेको थियो ।

काठमाण्डौ घर भइ पोखरामा पर्यटन क्षेत्रमा कार्यरत पहिलो पटक हाइकिङमा सहभागि गायत्री खनालले हाइकिङको नारा जस्तै काम रहेका वताउँदै यो कार्यक्रम निरन्तर अगाडि वढाउन सुझाव दिनुभएको थियो ।
स्वास्थ्य र पर्यटनको लागि हाइकिङ भन्ने मुल नाराका साथ हरेक महिनाको अन्तिम शनिबार पोखरा आसपासका पर्यटकीय गन्तव्यहरुलाई जोडेर हाइकिङ कार्यक्रम गर्दै आएको हाइकर्स क्लब नेपालले नियमित श्रृङ्खला अन्तरगत ५३ औं भागको हाइकिङ कान्छी बराहमा गरेको क्लबका अध्यक्ष कृष्ण रानाभाटले वताउनुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला