शिक्षा ऐन परिवर्तन गर्न आवश्यक

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । प्रजातन्त्रवादी प्राध्यापक संघ गण्डकी प्रदेश र नेपाल शिक्षक संघ कास्कीको संयुक्त आयोजनामा पोखरामा आयोजित वर्तमान शिक्षा प्रणालीमा देखिएका विसङ्गति र निराकरणका उपायहरु सम्बन्धित अन्र्तक्रिया कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।
अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले शिक्षा ऐन परिवर्तन गर्न आवश्यक रहको बताएका छन् । उनीहरुले देशको अर्थतन्त्र, सम्बृद्धि तथा विकासका लागि प्रमुख मार्ग नै शिक्षा भएकाले शिक्षा क्षेत्रमा आमुल परिवर्तनको आवश्यकतामा जोड दिएका थिए ।

कार्यक्रममा शिक्षाविद् तथा प्रा।डा कुश्माकर न्यौपानेले नेपालमा कुलपति वा उपकुलपति नियुुक्तिमा हुने विकृतिको अन्त्य गर्नुपर्ने भनाई राख्नुभएको थियो ।
उहाँले विश्वविद्यालयमा गरिने कुलपति नियुक्तको विषयले प्राध्यापकहरुले अपमान भोग्दै आइरहेको सुनाउँदै यसको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।
पञ्चायतकालमा जसरी विज्ञको सम्मान भएको थियो गणतन्त्र आएपछि त्यो गुुमेको बताउनुहुदै विश्वविद्यालयमा कुलपति नियुक्तिको नाममा राजनैति निवेदनको भिक्षा माग्ने प्रचलनको अन्त्य हुनुुपर्ने उहाँको भनाई थियो ।

प्रा।डा न्यौपानेका अनुसार कुलपति नियुक्त गर्दा अनेक विज्ञ प्राध्यापकले निवेदन दिदैँ गर्दा एक जनालाई मात्र बनाउन सक्ने स्थितिमा अन्य प्राध्यापकहरुको अपमान हुँदै आइरहेको उल्लेख गर्नुभयो ।
कांग्रेसले मन्त्रालय रोज्दा शिक्षा मन्त्रालय लिन नमानेको सुनाउँदै अब शिक्षा मन्त्रालय रोजेर प्राध्यापकप्रति हुने अपमानको उच्छेदन गर्नुपर्ने उहाँको भनाई थियो ।
आगामी दिनहरुमा नेपालमा विज्ञहरुको कमी हुने खतरा देखिदैँ आइरहेको बताउनुहुदै देशका युवा जनशक्ति उच्च शिक्षाका लागि विदेशीने बाध्यताले नेपालमा अब सामान्य विषयमा समेत विदेशबाट विज्ञ ल्याउनुपर्ने अवस्था आउन सक्नेमा चिन्ता व्यक्त उहाँको थियो ।
शिक्षा प्रणालीमा देखिएका विकृति निराकरणका लागि कांग्रेसले नै शिक्षा मन्त्रालय रोजेर पाठ्यक्रम÷ पाठ्यपुस्तक परिवर्तन गर्दै देश पढाउने शिक्षा ल्याउन सुुझाव प्राडा न्यौपानेको थियो । उहाँले शिक्षामा आएको विकृतिले समग्र राष्ट्रलाई समस्या पारिरहेको बताउनुभयो ।

करिब ५३ वर्ष पुुरानो शिक्षा ऐनलाई अहिलेपनि मानिराख्नुपर्ने बाध्यता रहिआएको प्राध्यापक भोलानाथ पौडेलले बताउनुभयो । उहाँले पञ्चायति अवस्थाको ऐनलाई आजसम्म पनि परिवर्तन गर्न नसक्नुृको पछाडीको कारणबारे आफुुहरु अनविज्ञ रहेको उहाँको भनाइ थियो ।
अन्र्तक्रिया कार्यक्रममा उठेका गुुनासो तथा सुुझावलाई सम्बोधन गर्दै कांग्रेस नेता नारायण प्रसाद ९एनपी० साउदले नेपाली कांग्रेस देश र जनताको पक्षामा सधैँ रहिरहेको बताउनुभयो ।
उहाँले शिक्षा क्षेत्रको विकासका लागि शिक्षा ऐन संशोधन अत्यावश्यक रहेको र यसलाई छिटो ल्याउनका लागि आफुले दबाब दिने बताउनुहुदैँ शिक्षा ऐन पारितहुने चरणमै रहेको जानकारी दिनुभयो ।
सोही अन्तक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशमा प्रेस युनियनबाट नवनिर्वाचित हुनुभएका अध्यक्ष रमेश पौडेल सहित अन्य सदस्यहरुलाई बधाई सँगै कार्यकालको शुभकामना व्यक्त गरिएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला