दोस्रो संस्करणको नेपाल चीन मैत्रीपूर्ण ड्रागन बोट रेसमा २० टिमको सहभागीता रहने

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । दोस्रो संस्करणको नेपाल चीन मैत्रीपूर्ण ड्रागन बोट रेस प्रतियोगिता हुने भएको छ ।
मित्र राष्ट्र चीनमा अत्यन्त लोकप्रिय रहेको ऐतिहासिक ड्रागन बोर्ड रेस गत वर्ष देखि पोखरामा औपचारिक रूपमा सुरू भए थियो ।

यस वर्ष पनि सो प्रतियोगिता पोखराको फेवातालमा यही पौष १३ देखि १५ गतेसम्म सञ्चालन हुनेछ । यस प्रतियोगितामा नेपालका ११, मित्रराष्ट्र चीनका ८ र सिङ्गापुरको १ गरी कुल २० समूहको सहभागिता रहनेछ ।

नेपालबाट नेपाल आर्मीको एक विभागिय टिमसहित नेपाली राष्ट्रिय टिम, पोखरा महानगर टिम, नारा टिम, बागमती टिम, कर्णाली प्रदेश टिम, गण्डकी प्रदेश टिम, हिमालयन रिभर गाइड टिम, बेगनास टिम र रुपाताल टिमको सहभागिता हुनेछ ।

प्रतियोगिताका विजेताले नगद रु. ५ हजार डलर, उपविजेताले नगद रु।२ हजार डलर, तृतीय हुनेले नगद रु.१ हजार २ सय डलर र प्रतियोगितामा सहभागी बाँकी १७ वटा समूहलाई नगद रु. ५ सय डलर प्रदान गरिने पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले जानकारी दिनुभयो ।

गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपाल स्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल ड्रागन बोट एशोसिएसन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज एशोसिएसनको सहआयोजनामा हुनेछ ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरा आफैमा स्पोर्टसको हव भएको र पोखरामा हरेक दिन कुनै न कुनै राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता हुँदै आएको बताउनुभयो ।

त्यसैको एक प्रमुख इभेन्टको रुपमा ड्रागन बोट रेस रहेको बताउँदै यस प्रतियोगिताले यहाँको पर्यटन प्रवद्र्धनमा महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

उहाँका अनुसार पोखरा महानगर यहाँ हुने विभिन्न महत्वपूर्ण प्रतियोगिताहरुको संरक्षक समेत बनेको छ ।

यस्तै प्रतियोगिताले नेपाल चिन दुईपक्षिय सम्बन्धमा नयाँ आयाम थप्ने, पोखरामा वाटर स्पोर्टसका नयाँ सम्भावनाहरूको खोजीमा सहयोग गर्ने, पोखराका तालहरूलाई आकर्षणको केन्द्रका रूपमा विकास गर्ने, पोखरा र आसपासको पर्यटन विकासमा टेवा पुर्याउन महत्त्वपूर्ण सहयोग पुग्ने मेयर आचार्यले विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै चिनियाँ राजदूतावासका डिसिएम वाङ् सिङले पोखरालाई पर्यटन शहरको रुपमा विकाससंगै दुई देश विचको सम्वन्धलाई बलियो बनाउन अन्तर्राष्ट्रिय ड्रागन बोट रेश महत्वपूर्ण कडिको रुपमा रहेको बताउनुभयो ।

उहाँले पोखरा आफैमा निकै सुन्दर भएको र यहाँको प्राकृतिक र सांस्कृति पक्षलाई अझै उजागर गर्न मित्र राष्ट्र चिनले सदैव सहकार्य गर्ने बताउनुभयो ।

उहाँले सन् २०२५ मा हुने पोखरा भ्रमण कार्यक्रमलाई समेत सहयोग गर्ने बताउँदै पोखराको विकासका लागि साझेदारीका कार्यक्रमहरु अघि सार्ने उल्लेख गर्नुभयो ।

यस प्रतियोगिताका लागि १२९ जना खेलाडी र आफिसियल टोलीसहितको चार्टर विमान डिसेम्बर २६ तारिख चिनको छिन्चुबाट सोझै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नेछ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला