नेपाल एमाले पोखरा ९ वडा कमिटीको अध्यक्षमा सरस्वती श्रेष्ठ

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । नेपाल कम्युनिस्ट पार्टी एमाले पोखरा ९ वडा कमिटीको शुक्रबार भएको दोस्रो वडा अधिबेशनले सरस्वती श्रेष्ठको अध्यक्षतामा ३३ सदस्यीय नयाँ कमिटी चयन गरेको हो ।

वडा कमिटीको उपाध्यक्षमा बाबुराम श्रेष्ठ , सचिवमा कृष्ण परियार , उपसचिवमा ध्रुव बहादुर थापा र लेखमाया थापा सर्वसम्मत चयन भएका छन् ।
वडा अधिबेशन कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश सभा पुर्व सदस्य प्रभा कोइरालाले उद्घाटन गर्दै नेकपा एमालेका कार्यकर्ता जनताको समस्यालाई आफ्नो मानेर साथ र सहयोग गर्नु पर्ने बताउनुभयो ।

सो अबसरमा नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य चन्द्रबहादुर रोका, कास्की जिल्ला सदस्य कमल बहादुर श्रेष्ठ, पोखरा महानगर कमिटी अध्यक्ष जिवन आचार्य, सदस्य जगदीश खनाललगाएतले बोलेका थिए ।
पोखरा ९ वडा कमिटी अध्यक्ष प्रेमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत केशव भुजेलले र संचालन कृष्ण परियारले गर्नुभएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला