लेखनाथ महोत्सवका ७५ प्रतिशत स्टल बुकिङ

नगेन न्यूज
  • ख-
  • ख+

लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघले यहि पुष १८ गते देखि माघ १ गते सम्म आयोजना गरेको २०औं संस्करणको लेखनाथ महोत्सवका लागी हालसम्म ७५ प्रतिशत स्टल बुकिङ भएका छन ।
महोत्सवमा रहने तिन सय ३६ वटा स्टल मध्ये सोमबारसम्म दुई सय ५५ वटा स्टल बुकिङ भएको स्टल निर्माण तथा व्यवस्थापन समितिका संयोजक भरत थापाले जानकारी दिनुभयो ।

पहिलो चरणमा संघका सदस्यहरुका लागी लक्षित गरि मंसिर १७ गतेबाट स्टल बुकिङ खुल्ला गरिएको थियो भने अन्य व्यवसायीहरुका लागी समेत स्टल बुकिङ खुल्ला गरिएको थियो ।
यस क्षेत्रको समग्र आर्थिक तथा सामाजिक उत्थानको लागि “महोत्सव लेखनाथको सस्कृति, स्थानीय उत्पादन, विकास र संमृद्धि” भन्ने मुल नाराका साथ आयोजीत महोत्सवमा कृषि तथा स्थानिय उत्पादनका स्टललाई प्राथमिकता दिईएको छ ।

महोत्सवमा कृषि उत्पादन, भाँडा वर्तन, फर्निचर तथा ईलेक्ट्रीकल, फेन्सी तथा गार्मेन्ट, हस्तकला, खाद्यान्न, राष्ट्रिय उत्पादन प्रर्दशनी, बैंक तथा वित्तिय संघ–संस्थाहरु, डेरी तथा फलफुल, होटल तथा रेष्टुरेण्टका स्टलहरु रहनेछन ।

लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा हुने १९ औं संस्करणको महोत्सवलाई राष्ट्रिय वाणिज्य बैंकले मुख्य प्रायोजन गरेको छ भने सह–प्रायोजकमा सगरमाथा लुम्बिनी ईन्स्योरेन्स कम्पनी र प्रर्वद्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड रहेको महोत्सवका सह–संयोजक एवं प्रायोजक व्यवस्थापन समितिका संयोजक राजेन्द्र ओझाले जानकारी दिनुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला