
पोखरा । नेपाल रेडक्रस सोसाइटी पोखरा ९ उपशाखाको ३१ औं साधारण सभा तथा नवौं अधिबेशनबाट पुनः राजेन्द्र पहारीको अध्यक्षतामा दुई बर्षे कार्यकालको लागि नयाँ कार्यसमिति चयन भएको छ भने नवनिर्मित भवनको उद्घाटन गरिएको छ ।
उपशाखाको उपसभापतिमा लक्ष्मी पहारी, सचीवमा बासुदेब तिम्सिना, कोषाध्यक्षमा उत्तम जोशी, उपसचिवमा संजय आचार्य, उपकोषाध्यक्षमा कृष्ण बहादुर रानाभाट, सदस्यहरुमा शेष नारायण पौडेल, शम्भुलाल श्रेष्ठ, हिरा घले, रुपा केसी र दिलमाया गुरुङ सर्वसम्मत चयन भएका छन् ।
सभाका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानीले उद्घाटन गर्नु हुँदै रेडक्रस संस्था बिशुद्द मानवीय सेवा गर्ने भएकोले वडाले पहिलो प्राथमिकतामा राख्ने बताउनुभयो । साथै उहाँले वडाबाट गरिने विपदका कार्य तथा विपन्न परिवारलाई राहत दिने जस्ताका परोपकारी कार्यहरु पनि रेडक्रस सोसाईटी संग मिलेर गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
सो अबसरमा वडा सदस्यहरु नन्दराम गिरि, लक्ष्मी पहारी, गिता चम्रकार, नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेश अध्यक्ष सुर्य प्रसाद ढकाल, नेपाल रेडक्रस सोसाइटी जिल्ला कोषाध्यक्ष तथा मतदान अधिकृत सन्तोष अधिकारी, भवन निर्माण उपसमिति अध्यक्ष शम्भुलाल श्रेष्ठ, साहारा बाल आबिका अध्यक्ष बिक्रम थकाली, सस्थापक सभापति रामकृष्ण पहारी लगाएतले बोलेका थिए ।
सभामा काबा सचीव बासुदेब तिम्सिनाको सांगठनिक र कोषाध्यक्ष उत्तम जोशीको आर्थिक प्रतिबेदन सर्वसम्मत पास गरिएको थियो ।
कार्यक्रममा भवन निर्माणमा सहयोग गर्नुहुने, सस्थापक, यशस्कर सदस्य बिशिष्ट सदस्य आजिवन सदस्य हरुलाई सम्मान गरिएको थियो ।
संस्थाका सभापति राजेन्द्र पहारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपसभापति राममाया मानन्धरले र संचालन काबा सचीव बासुदेब तिम्सिनाले गर्नुभएको थियो ।