छोरेपाटन मावि भूपू विद्यार्थी मञ्चको चित्रकलामा जैसी प्रथम

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । छोरेपाटन मावि भूपू विद्यार्थी मञ्चल छोरेपाटन माध्यमिक विद्यालयमा आयोजना गरेका खुल्ला चित्रकला प्रतियोगितामा सम्भवी जैसी प्रथम हुनुभएको छ ।
कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरु सहभागी उक्त प्रतियोगितामा कक्षा ६ (सी) रोल नं. ३१ की छात्रा सम्भवी जैसीले वनाएको चित्र उत्कृष्ट भएको घोषणा निर्णायकले गर्नुभएको थियो ।

निर्णायक नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पुर्व प्राज्ञ नगेन सिं ठकुरीले जलवायु परिवर्तनका असर र चुनौतीहरु विषयमा विद्यार्थीहरुले वनाएको चित्रको खुल्ला रुपमा विद्यार्थीहरु कै अगाडि कुन चित्र के कारणले उत्कृष्ट भयो भन्ने वताउँदै घोषणा गर्नुभएको थियो ।
त्यसै गरी कक्षा ८ (सी) रोल नं. ११ की अनुष्का पंगेनी दोश्रो र कक्षा १२ (इ) रोल नं. ७३८ का सुवित गिरी तेश्रो भएका थिए ।

प्रथमः दितिय र तृतियलाई क्रमशः ३ हजार, २ हजार र १ हजार नगद तथा प्रमाणपत्र प्रदान गरिने छ भने सहभागि सबैलाई सहभागिताको प्रमाण पत्र दिइने कार्यक्रम संयोजक छविलाल पनेरुले वताउनुभयो ।
त्यसै गरी नगेन आर्ट एकेडेमीका अध्यक्ष तथा निर्णायक प्राज्ञ नगेन सिंह ठकुरीले उत्कृष्ट ३ जनालाइ आफ्नो एकेडेमीमा २५ प्रतिशत छुट दिने घोषणा पनि गर्नुभएको थियो ।
सो अवसरमा विद्यालयका प्रधानाध्यापक डिल्लिराम शर्मा, सहायक प्रधानाध्यापक खेमराज बराल ध्रुब, छोरेपाटन मावि भूपू विद्यार्थी मञ्चका अध्यक्ष कृष्ण रानाभाट, सदस्य गणेश जिसी, विजय पौडेल लगाएतले प्रतियोगितामा भाग लिने विद्यार्थीहरुलाई धन्यवाद दिदैं विद्यार्थीहरुलाई पढाईको साथ साथै अतिरिक्त क्रियाकलापहरु पनि गर्नुपर्ने वताएका थिए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला