दीपशिखा पुस्तकालयको आठौं अधिवेशन सम्पन्न, कृष्णहरि भण्डारी अध्यक्षमा निर्वाचित

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पोखरा महानगरपालिका वडा नं २९ भण्डारढिकमा रहेको दीपशिखा सामुदायिक पुस्तकालयको सत्रौं साधारण सभा तथा आठौं अधिवेशन आइतवार सम्पन्न भएको छ । अधिवेशनले कृष्णहरि भण्डारीको अध्यक्षतामा २ मनोनित सदस्य बाहेकका ११ सदस्यहरु निर्वाचित गरेको छ ।
कार्यसमितिको उपाध्यक्षमा निर्मला पौडेल, सचिवमा पदमप्रसाद अधिकारी,कोषाध्यक्षमा माधव भण्डारी,सहसचिवमा मिनकुमारी डल्लाकोटी निर्वाचित भएका छन् ।
यसैगरी सदस्यहरुमा विश्वराज पौडेल, चन्द्रबहादुर गुरुङ्ग, बिष्णुहरि पौडेल,कमला भण्डारी,एलिसा केसी र शान्ता पौडेल रहेका छन् ।
निर्वाचन समिति संयोजक बाबुराम सुवेदी सदस्यहरु दीपकमणि भण्डारी र नवराज तिवारी सहित स्थापनाकालका अध्यक्ष ईश्वरबहादुर हमालले सपथ ग्रहण गराउनुभएको थियो ।

साधारण सभा उद्घाटन गर्दै नेपाल सरकारका पूर्व गृह,स्वास्थ्य तथा जनसंख्या मन्त्री एवम् गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले पुस्तकालय ज्ञानको भण्डार भएकाले पाठकहरु निरन्तर पुस्तकालय आउने वातावरणका लागि लागिरहन निर्वाचित हुने कार्यसमितिलाई आग्रह गर्नुभयो । उहाँले नमुना पुस्तकालयको रुपमा अगाडि बढ्न शुभकामना दिनुभएको थियो ।
साधारणसभामा पुस्तकालयका कार्यसमितिका सचिव पदमप्रसाद अधिकारीका नीति नियमहरु, प्रगति प्रतिवेदन सहित भावी योजना,कोषाध्यक्ष माधव भण्डारीको आर्थिक प्रतिवेदन पारित भएका थिए ।
कार्यक्रममा पोखरा महानगरपालिका कार्यपालिका सदस्य एवम् वडा नं २९ की वडा सदस्य समेत रहनुभएको पुस्तकालयकी उपाध्यक्ष निर्मला पौडेलले स्वागत गर्नुभएको थियो ।
पोखरा महानगरपालिका वडा नं २९ का निवर्तमान वडाध्यक्ष चेतबहादुर गुरुङ, वडा नं ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्की, लेखनाथ उद्योग वाणिज्य संघका उपाध्यक्ष विनोद श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
पुस्तकालयमा सञ्चालन भएको टेक एज गल्स परियोजना रुपा नेपाली, जेनिसा नेपाली, सचिना तिवारी लगायतले बोलेका थिए ।

पाठक सदस्य सम्मान अन्तर्गत विशेष ढकाल, वेदप्रसाद शर्मा ,कविता परियार लाई सम्मान गरिएको थियो ।

वि.सं २०५९ मा कास्की जिल्ला प्रशाशन कार्यालयमा दर्ता भई दीपशिखा वाचनालयको नामबाट सञ्चालन हुदै आएको दीपशिखा सामुदायिक पुस्तकालय शिक्षा तथा प्रविधि मन्त्रालयबाट उत्कृष्ट पुस्तकालयको पुरस्कार पाउन सफल पुस्तकालय लेखनाथ क्षेत्रकै नमुना पुस्तकालयको रुपमा २०६९ सालदेखि नियमित सञ्चालन भईरहेको छ ।यो पुस्तकालयले समाज कल्याण परिषद र नेपाल सामुदायिक पुस्तकालय सघं बाट समेत सम्वन्धन प्राप्त गरिसकेको छ ।
१५३ आजीवन सदस्यहरु रहेको यो पुस्तकालयमा पुस्तक तथा पत्रपत्रिका प्रयोगकर्ताहरुको सङख्या बार्षिक १५,००० भन्दा बढी रहेको छ । सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र समुदायकै पहल कदमीमा आफ्नै सुविधा सम्पन्न भवन निर्माण गरी विगत १० वर्ष देखि निःशुल्क रुपमा विभिन्न किसिमका सेवाहरु जस्तै शिक्षा, कम्प्युटर तालिम, स्वास्थ्य, कृषि, पशू स्वास्थ्य, महिला शशक्तिकरण, जलवायू परिर्वतन, विपद व्यव्स्थापनका साथै विभिन्न सिपमूलक तालिमहरु प्रदान गर्दै आएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला