कर्णाली चलचित्र महोत्सव फागुन २४ देखि

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं । घरेलु फिल्मको प्रबर्दन र कर्णाली प्रदेशको पर्यटन विकासलाई टेवा र्पुयाउने उद्देश्यले ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’को दोस्रो संस्करण आयोजना हुने भएको छ । ‘घुमौं कर्णाली, हेरौं कर्णाली’ नारासहित फागुन २४ गतेदेखि महोत्सव आयोजना हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

रेड चेरी मिडियाले गर्न लागिएको महोत्सवले प्रदेशको ऐतिहासिक र सांस्कृतिक महत्वपूर्णलाई देश र विदेशमा फैलाउने उद्देश्य लिइएको महोत्सव निर्देशक चक्रबहादुर चन्दले बताउनुभयो ।

यसवर्ष महोत्सवले जलवायु परिवर्तनका मुद्दालाई प्राथमिकतामा राख्दै ‘रारा चलचित्र पर्यटन तथा जलवायु परिवर्तन समिट’ समेत आयोजना गर्ने भएको छ । महोत्सवको क्रममा फिल्म स्क्रिनिङ, कार्यशाला, छलफल सत्र र पुरस्कार वितरणजस्ता गतिविधि आयोजना हुने भएको छ ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले महोत्सवलाई चलचित्र पर्यटन प्रबर्दनको महत्वपूर्ण माध्यमका रूपमा वर्णन गर्दै यसले नेपालको पर्यटन विकासमा उल्लेखनीय योगदान गर्ने अपेक्षा राख्नुभयो ।

उक्त अवसरमा अभिनेता प्रदीप खड्का र अभिनेत्री सुरक्षा पन्त प्रबद्र्वन दूत घोषित भएका छन् ।
महोत्सवले फिल्मलाई पर्यटन प्रबर्दनको शक्तिशाली माध्यमका रूपमा स्थापित गर्ने विश्वास अभिनेता खड्काले व्यक्त गर्नुभयो । आफू अभिनित फिल्म ‘प्रेमगीत २’ को छायांकन रारा ताल क्षेत्रमा भएको स्मरण गर्दै उहाँले कर्णालीको पर्यटनमा फिल्मले प्रभाव पारेको बताउनुभयो ।
अभिनेत्री पन्तले कर्णालीसँगको आफ्नो सम्बन्धलाई ‘बुलाकी’मार्फत अनुभव गरेको बताउनुभयो । कर्णालीको जीवनका अन्य कथामा अभिनय गर्न चाहेको बताउँदै उहाँले महोत्सवको सुरुवातले राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा कर्णालीलाई चिनाउने प्रयासलाई बलियो बनाउने धारणा राख्नुभयो ।

महोत्सवको उदघाटन प्रदेश राजधानी सुर्खेतमा फागुन २४ गते हुनेछ । चैत १६ गते काठमाडौंस्थित पर्यटन बोर्डमा ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र पर्यटन तथा जलवायु अवार्ड समारोह’ हुनेछ ।
चैत ३० गते मुगुको रारा ताल प्राङ्गणमा ‘रारा चलचित्र पर्यटन तथा जलवायु समिट’ आयोजना हुनेछ ।

महोत्सव आयोजनामा चलचित्र विकास बोर्ड, पर्यटन बोर्ड र उद्योग वाणिज्य महासंघले समेत सहकार्य गरेका छन् ।
पर्यटन बोर्डका सिनियर म्यानेजर रोहिणीप्रसाद खनालले राज्यले चलचित्र पर्यटन प्रबर्दनको लागि आवश्यक नीतिगत व्यवस्था गरिरहेको बताउनुभयो ।

उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले निजी क्षेत्रले फिल्म र पर्यटनलाई सधैँ सघाउँदै आएको बताउनुभयो ।
अभिनेता शिव श्रेष्ठले सबैले टाढा सम्झिएको कर्णालीलाई महोत्सवले नजिक बनाएको बताउनुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला