चरकको १२ औं वार्षिकोत्सवमा मुटुको निःशुल्क जाँच र रक्तदान

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पोखराको नागढुंगामा रहेको चरक मेमोरियल हस्पिटलले विविध कार्यक्रम गरी १२ औं वार्षिकोत्सव मनाएको छ ।

वार्षिकोत्सवको अवसरमा हस्पिटलले मुटुको निःशुल्क जाँच र रक्तदान कार्यक्रम आयोजना गरेको हो । रक्तदान कार्यक्रममा ४३ जनाले रक्तदान गरेको अस्पतालले जनाएको छ ।
यस्तै, २ सय ४१ जनाले निःशुल्क मुटु जाँच गराए ।

गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले हर्ट सर्जरी गरेका जगन्नाथ तिमिल्सेनालाई ओपिडी कार्ड हस्तान्तरण गरेर उद्घाटन गर्नुभएको हो ।

मन्त्री थापाले पोखरामा चरक अस्पतालले गुणस्तरीय सेवा दिइरहेको बताउँदै अझ प्रगति र स्तरीय सेवा दिन सकोस् भन्ने वार्षिकोत्सवमा शुभकामना व्यक्त गर्नुभयो ।

मुटु जाँच शिविरमा मनमोहन कार्डियो भास्कुलर सेन्टर काठमाडौंका मुटुरोग विशेषज्ञद्वय डाक्टर अनील भट्टराई, डाक्टर सूर्य देवकोटा र डाक्टर साहेवकुमार जैसवाल, डाक्टर अभिनव प्रधानले निःशुल्क रुपमा मुटु सम्बन्धी परामर्श दिएको अस्पतालका प्रबन्ध निर्देशक कपिल पोखरेलले जानकारी दिनुभयो ।

पोखरेलले ‘म जाँच्छु मेरो मुटु’ भन्ने नाराका साथ आयोजित शिविरमा ओपिडी र इसिजी सेवा निशुल्क थियो भने ल्याब जाँचमा ३० प्रतिशत र मुटुको भिडियो एक्सरेमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको बताउनुभयो ।

चरक मेमोरियल हस्पिटलका अध्यक्ष रामचन्द्र रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका सांसद प्रकाश बराल, पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, लायन्स क्लब अफ पोखरा माछापुच्छ्रेका अध्यक्ष इन्जिनियर बुद्धिराज अधिकारी, डाक्टर अनिल भट्टराई र डाक्टर सूर्य देवकोटा, अस्पतालका प्रमुख कार्यकारी अधिकृत कमलराज ढकाल लगायतले चरक हस्पिटल र पोखराको स्वास्थ्य क्षेत्रको बारेमा बोलेका थिए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला