पोखरा र गण्डकी प्रदेशमा पर्यटन प्रर्वद्धन गर्न पोखरा व्यवसायी कोशी र मधेश प्रदेश तर्फ

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पोखरा र गण्डकी प्रदेशको पर्यटन प्रर्वद्धन गर्न पोखराका पर्यटन व्यवसायी पूर्वको भ्रमणमा निस्केका छन् । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको आयोजना तथा गण्डकी प्रदेश पर्यटन मन्त्रलायको सहयोगमा प्रर्वद्धनमा निस्केको हो ।

टोलीले नेपालको मधेश प्रदेश तथा कोशी प्रदेशका मुख्य सहरहरुमा गण्डकी प्रदेशको पर्यटकिय गन्तव्यहरु प्रचारप्रसार, प्रवर्द्धनात्मक र अन्तरक्रिया कार्यक्रमहरु गर्ने छ ।

शनिबारबाट शुरु भएको अन्तरप्रदेश पर्यटन प्रवर्द्धन तथा अन्तरक्रिया कार्यक्रम मंसिर २८ गते सम्म सञ्चालन हुने नाट्टा गण्डकीका अध्यक्ष किशोर दाहालले जानकारी दिनुभयो ।

पर्यटन व्यवसायीहरुको टोलीले मधेश प्रदेशको जनकपुरमा, कोशी प्रदेशको इलाम र विराटनगरमा कार्यक्रम गरी प्रवर्द्धन गरिने नाट्टा गण्डकी पुर्व अध्यक्ष हरिराम अधिकारीले जानकारी दिनुभयो । त्यहाँ स्थित सरकार, स्थानिय निकाय, पर्यटन व्यवसायी, उद्योग व्यवसायी र पत्रकार संग अन्तरक्रिया गरी पोखरा र गण्डकी प्रदेश भ्रमणको निम्तो दिने र उताबाट मात्रै नभै पोखराबाट पनि पर्यटक पठाउनका लागि छलफल हुने अधिकारीले बताउनुभयो ।

नाट्टाले गण्डकी प्रदेश र पोखराको पर्यटन प्रवर्द्धनका लागि बेला बेलामा स्वदेश र विदेशमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।
छलफलम भारतका पर्यटन व्यवसायीहरु पनि छलफलमा सहभागी हुने नाट्टा गण्डकीका महासचिब चेतबहादुर कार्कीले बताउनुभयो । उहाँहरु विदाइ गर्दै गण्डकी प्रदेश पर्यटन मन्त्रालयका सचिब कुमानसिंह गुरुङले नेपालको पर्यटनको राजधानी शहर पोखरा र गण्डकी प्रदेश सबै मौसममा भ्रमणको लागी उपयुक्त हुने बताउनुभयो । उहाँले प्रवद्र्धनका कार्यक्रमले दुबै क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्न सहयोगी हुने बताउनुभयो ।

विगतमा संस्थाले आन्तरिक पर्यटन प्रवर्द्धनको लागि प्रवर्द्धनात्मक अवलोकन भ्रमण लगायतका विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेको कार्यक्रम संयोजक संगिता पौडेलले बताउनुभयो । प्रर्वद्धनका कार्यक्रमले देश भित्रै आर्थिक गतिविधि बढाउने, स्थानिय संस्कृति, परम्पराको पहिचान गर्न एवं आन्तरिक पर्यटनलाई टेवा पुग्ने विश्वास लिएको बताउनुभयो ।

भ्रमण टोलीमा ३० जना सहभागी रहेका छन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला