नेपाल रेडक्रस सोसाइटी पोखरा ३२ उपशाखाको रक्तदानमा २३ युनिट रगत संकलन

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । नेपाल रेडक्रस सोसाइटी पोखरा महानगरपालिका वडा न ३२ उपशाखाले गरेको खुल्ला रक्तदानमा २३ युुनिट रगत संकलन भएको छ ।
उपशाखाको २३ औं स्थापना दिवसका अवसरमा आयोजित रक्तदान कार्यक्रमको प्रमुख अतिथी नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखा उपसभापति उर्मिला खड्काले गोगन  माविका शिक्षिका यामकुमारी  तिलिजालाई ब्लड ब्याग हस्तान्तरण गरी उद्घाटन गर्नुुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि खड्काले रक्तदान जीवनदान भएको बताउनुुभयो । उहाँले रेडक्रसको महत्वबारे प्रकाश पार्नुुभएको थियो ।
नेपाल रेडक्रस सोसाइटी पोखरा महानगरपालिका वडा नं ३२ उपशाखाका अध्यक्ष विन्दुराज तिवारीले उपशाखाले सामाजिक उत्तरदायित्व बहन गर्दै यस किसिमका कार्यक्रमलाई निरन्तरता दिदै आएको बताउनुुभयो ।
शाखाका निवर्तमान अध्यक्ष किसान परियारले उपशाखाले आफ्नो स्थापना यता सामाजिक सेवाका विभिन्न क्षेत्रमा काम गर्दै आएको बताउनुुभयो ।उहाँले शाखाको ६ कोठ भवन निर्माण कार्य जारी रहेको जानकारी दिनुुभयो ।
शाखाका अध्यक्ष विन्दुराज तिवारीको सभापतित्व एवम् सचिव विष्णुुबहादुर बस्नेतले सञ्चालन गर्नुुभएको कार्यक्रममा स्वागत उपशाखा उपसभापति बिमला थापा बस्नेतले गर्नुुभएको थियो भने रेडक्रसका सात सिद्धान्तको वाचन देवी तिवारीले गर्नुुभएको थियो ।
कार्यक्रममा समाजसेवी एवम नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि  मोहनकुमार प्रधान ,समाजसेवी खेमराज अधिकारी, गरिमा विकाश बैकका शाखा प्रमुख सन्तोष अधिकारी, उपशाखाका निवर्तमान कोषाध्यक्ष शरणकुमार प्रधान, शुुभविहानी आमा समूूहका अध्यक्ष हिमकला खत्री लगायतले बोल्नुुभएको थियो ।
प्रादेशिक रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोग एवम् शुभबिहानी आमा समुहको  खाजा ब्यवस्थापनमा भएको कार्यक्रममा विभिन्न संघ सस्थाले आर्थिक, नैतिक एवम् भौतिक सहयोग उपलब्ध गराएको उपशाखाले जनाएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला