घार्मीमा परम्परागत भुमे पुजा सम्पन्न, भुमे मन्दिर र भवन निर्माण हुन सकेन

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पोखरा महानगरपालिका वडा नं. १९ मा वसोवास गर्ने वा्रम्हण समुदायले सामुहिक रुपमा परम्परागत भुमे पुजा सम्पन्न गरेका छन् ।

साविकको लामाचौर गा.वि.स वडा नं. ५, ६, ७, ८, र ९ मा रहेका करिव ५ सय घरधुरिका ब्राह्मण समुदायले घार्मीमा रहेको भुमेपुज्ने सामुदायिक वनमा पुगी त्यहाँ रहेको भुमी देवता स्थलमा विधीपुर्वक पुजा अर्चना गरेका थिए ।
परापुर्वकाल देखिनै वर्षको दुई पटक वाली लगाउने र भित्रयाउने समयमा भुमे देवताको विधी पुर्वक पुजा गर्ने प्रचलन रहेको छ । सहभागी भक्तजनले भुमी देवताको पुजा गर्दै बर्खे वाली सप्रिएकोमा खुशी हुँर्दै आगामी दिनमा पनि कुनै विग्नवाधा नपरोष भन्दै अन्न तथा फलफुल चढाएको पुजा व्यवस्थापन समितिका बलराम पौडेलले बताउनुभयो ।

विहान चोखो नितो गरी आ आफ्ना थानमा रहेका अँगेर तथा भँगेरको पुजा गरिसकेपछि भक्तालुहरु भुमि पुजाको लागि जगंल क्षेत्रमा रहेको पुजा स्थलमा जाने गर्दछन् । जुठो, सुत्केरो परेकालाई भने पुजामा सहभागी नगराईने प्रचलन रहेको छ । पुजामा महिला भने सहभागी हुँदैनन् । भुमे पुजा गर्न स्थानिय रुपमै पुजा समिति गठन गरिएको र त्यसले पुजाका लागि तिथी जुराउने देखि व्यवस्थापन गर्ने गरेको पौडेलले जानकारी दिनुभयो ।

उक्त दिन खनजोत गर्न नहुने तथा पुजा गरेपछि मात्र खेतीपाती लगाउने परम्परा त्यस क्षेत्रमा अझै पनि रहेको छ । पुजा स्थल व्यवस्थित नहुदा पुजा गर्न जानेलाई समस्या पर्ने गरेको छ । खानेपानी तथा भवनको अभावमा पुजामा सहभागी वृद्घ तथा वालवालिकाले ठुलो समस्या भोग्नु परेको हो ।
पुजा स्थल व्यवस्थित गर्न पटक पटक प्रयास भएपनि त्यसले सार्थकता पाउन भने सकेको छैन ।वडाले वजेट विनियोजन गरेपनि जग्गा मिलाउने विषयमा समस्या भएपछि भुमे मन्दिर र भवन निर्माण हुन नसकेको बताईएको छ ।भुमेपुज्ने तिखेढुङ्गा सामुदायिक जंगलको परिसरमा पुजास्थल रहेको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला