
शौर्य सिमेन्टका गण्डकी प्रदेश प्रमुख सुमन ढुंगानाले प्रत्येक निर्माणका कार्यहरुमा शौर्य सिमेन्ट उत्कृष्ट रुपमा रहँदै आएको र त्यसरी नै २५ औ आदर्श कप फुटबल प्रतियोगिता पनि उत्कृष्ट रुपमा संचालन हुने बताउनुभयो ।
“निरन्तरता हाम्रो प्रतिबद्धता, फुटबल खेलको विकास हाम्रो दृढता” नारा रहेको २५ औं आदर्श कपका मुख्य प्रायोजक शौर्य सिमेन्टका गण्डकी प्रदेश प्रमुख सुमन ढुंगानाले प्रतियोगिता तयारीको अन्तिम चरणमा आयोजित यस पत्रकार सम्मेलनमा आगामी दिनहरुमा पनि सहयोग गर्ने बताउनुभयो ।
आदर्श युवा क्लवका अध्यक्ष पदम गुरुङले प्रतियोगिता संचालन मंसिर २२ गते देखि २९ गतेसम्म हुने बताउदै फुटवल मैदान मर्मत, अस्थायी प्याराफिट निर्माण लगायतको अन्य तयारी पुरा भएको जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम टोलीले रु ४,२५,५२५१ , दोश्रो टोलीले रु २,२५,५२५१ नगद सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।
साथै बिधागत रुपमा प्रतियोगिताको उत्कृष्ट खेलाडीले रु २५,००० नगद, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछ ।
त्यस्तै उच्च गोलकर्ता, उत्कृष्ट प्लेमेकर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलरक्षक र त्यस्तै यसै संस्करणबाट उत्कृष्ट कोचलाई पनि नगद रु १५,००० सहित ट्रफी र प्रमाण पत्रको प्राप्त गर्नेछ ।
त्यस्तै प्रत्येक खेलको म्यान अफ दि म्याच घोषित खेलाडीलाई नगद रु ५,००० र ट्रफी प्राप्त गर्नेछ ।
ड्ड यसै गरी प्रतियोगिताको अनुशासित टोलीलाई ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रतियोगितामा आयोजक सहित गण्डकी प्रदेशका ८ समूहले भाग लिदै छन् । आयोजक आदर्श युवा क्लव, कास्की ११, नेपाली सेना, प्रहरी र शसस्त्र प्रहरी सहितका विभागिय क्लव एवं तनहुँ, गोरखा र स्याङजाका एक/एक टिम सहभागी हुनेछन् ।
प्रतियोगिताको संरक्षकमा पोखरा महानगरपालिका वडा नं. २९ र विशेष सहयोगीको रुपमा राष्ट्रिय खेलकुद परिषद, अखिल नेपाल फुटबल संघ (एन्फा), गण्डकी प्रदेश खेलकुद परिषद, पोखरा महानगरपालिका, जिल्ला खेलकुद विकास समिति कास्की रहेको छ ।
प्रतियोगिताको सहयोगी संस्थाहरुमा गण्डकी प्रदेश फुटबल संघ, कास्की जिल्ला फुटबल संघ, पोखरा महानगरपालिका बडा नं.२६, २७, २८, ३०, ३१, ३२ र ३३ को कार्यालय, लेखनाथ उद्योग वाणिज्य संघ, श्री जनप्रका बहुमुखी क्याम्पस, श्री जनप्रकाश मा।वि।, सिद्धिविनायक बोर्डिङ्ग स्कुल, होलीमाउण्ट ईङ्गलिस स्कुल एवं मा गाउँपालिका, रुपा गाँउपालिका र मध्यनेपाल नगरपालिका, लमजुङ्ग साथै पोखरा महानगरपालिकाका सम्पू संघ संस्थाहरु रहेको छ । प्रतियोगिता स्थल पोखरा महानगरपालिका २९, भण्डारढिक, सैनिकबस्ती रहेको छ ।
प्रतियोगिताको प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड रहेको छ ।
प्रतियोगिताको मुख्य प्रायोजकमा शौर्य सिमेन्ट इन्डष्ट्रिज , प्रायोजकमा लेखनाथ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष, सफल व्यवसायी एवं क्लबका सल्लाहकार छत्रधर आत्रेय , सहप्रायोजकमा आदर्श हार्डवयर पोखरा २९ रहेको छ ।
उपप्रायोजकमा यार्साटेक प्रा.लि रहेको छ ।
प्रतियोगिताको अनुमानित लागत रु ५० लाख अनुमान गरिएको छ ।
प्रतियोगिताको सेमिफाईन चरण सम्मको प्रवेश टिकट दर रु १०० रहेको र फाईनल खेलमा रु १५० रहेको छ ।
साथै बिक्री भएको टिकटबाट लेखनाथ पत्रकार मञ्चलाई प्रति टिकट रु १५ सामाजिक दायित्व पुरा गर्ने उद्देश्यका साथ देशकै चौथौ अंगको रुपमा रहेको पत्रकार साथीहरुलाई प्रोत्साहन सहित सहयोग गर्ने आयोजकले जानकारी दिएको छ ।
साथै प्रत्येक टिकटमा यार्साटेकले बिक्री गर्ने सामाग्री खरिदमा रु ३०० नगद छुट पाउनुका साथै प्रत्येक टिकटमा एनसेल नेटवर्कको एउटा सिम कार्ड समेत निशुल्क प्राप्त गर्नेछन् ।
प्रतियोगिता अवधिभर विभिन्न प्रकृतिका नेपाल सरकारले तोकेको सामाजिक सुरक्षा भत्ता लिनु हुने महानुभावहरुलाई, सुरक्षाकर्मीहरुलाई, पत्रकार साथीहरुलाई र निजामती कर्मचारीहरु र सरकारी कर्मचारीलाई परिचयपत्रको आधारमा निशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।