काठमाडौं । मनिषा कोइरालाले सञ्जयलीला भन्सालीको नेटफ्ल्क्सि सिरिज ‘हीरामण्डी’बाट उत्कृष्ट अभिनेत्रीको फिल्मफेयर ओटीटी अवार्ड जित्नुभएको छ । उहाँले यो जितमा सामाजिक संजालमार्फत खुसी व्यक्त गर्नुभएको छ ।
उहाँले नायिकाको रूपमा पुनरुत्थान नै हीरामण्डी भएको यो अवार्डले प्रमाणित गरेको जनाउदै हीरामण्डीमा भएको आफ्नो प्रदर्शन, लुक, उर्दू उच्चारण, शारीरिक भाषामा कडा मेहनत गरेको बताउनुभयो ।
मनिषाले आफ्नो चरित्र मल्लिकाजान रहस्यमय थियो र विचलित तुल्याउन सजिलो नभएको र दया र क्रूरतालाई सहन सक्षम भएको बताउदै आफ्नो लागि यो चरित्र सिर्जना गर्नुभएकोमा सञ्जयलीला भन्सालीलाई धन्यवाद दिनुभएको छ ।
मनिषाले आफ्नो करियरको सबैभन्दा महत्वपूर्ण फिल्म र अभिनय भन्सालीसँग ‘खामोशी स् द म्युजिकल’मा गर्नुभएको थियो ।
एक अन्तर्वार्तामा उहाँले खामोशीमा करियरको शुरुवातमा भन्सालीसँग काम गरेको र खामोशीमा सुन्दर संसार बनाएको स्मरण गर्दै हीरामण्डीलाई नयाँ ब्रेक पछिको सुरुवात भएको जनाउनुभयो ।
मनिषाले यो पुरस्कार मेरो पुनरुत्थानको प्रमाणीकरण भएको र यसले आफु सही बाटोमा रहेको देखाउने बताउदै हीरामण्डीको दोस्रो सिजनको काम सुरु गर्न आतुर रहेको बताउनुभयो ।