पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न सरकार प्रयासरत : उपप्रधानमन्त्री सिंह

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न सरकार प्रयासरत रहेको बताउनुभएको छ ।
नेपाल प्रेस युनियन कास्कीले शनिबार पोखरामा गरेको पत्रकार भेटघाटमा उपप्रधानमन्त्री सिंहले पोखरा एअरपोर्ट अन्तर्राष्ट्रिय उडान हुनका लागि नागरिक उडड्यान प्राधिकरण अन्तर्गतको मन्त्रालयले काम गरिरहेको बताउदै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा विस्तारै उडान सुरु भइसकेको अवस्थामा पोखरामा पनि सुरु गर्नेमा कसैको फरक मत नरहेको बताउनुभयो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ऋणमा बनेकाले यसलाई अनुदानमा परिणत गर्नका लागि प्रयास गरिरहेको उहाँले बताउनुभयो ।

उपप्रधानमन्त्री सिंहले बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) का कारण सरकारले नढल्ने बताउदै बिआरआई परियोजनामा छलफल गरी अघि बढ्ने बताउँनुभयो । उहाँले प्रधानमन्त्रीको चिन भ्रमणका समयमा बिआरआईको विषयमा धेरैले चासोका साथ जिज्ञासा राख्ने गरेको बताउदै बिआरआईका सम्बन्धमा ऋणका लागि ऋण लिदा गाह्रो भएकाले अनुदानमा जाँदा राम्रो हुन्छ भने कांग्रेसले जोड दिएको जनाउनुभयो ।
बिआरआईको बारेमा दलहरु बिच सल्लाह गरी साझा एजेण्डा बनाएर अघि बढ्ने सहमती भएकाले राजनैतिक स्थायित्व चाहियो भन्ने जनताको आवाज सुनेर बनेको सरकारमा कुनै उतारचढाव नआउने उहाँको भनाइ थियो ।

बिआरआईअन्तर्गत अर्थतन्त्र र विकास (भौतिक पूर्वाधार) लाई आधार मानेर आयोजना छनोट गरिनुपर्ने उपप्रधानमन्त्री सिंहले बताउनुभयो । २ ठूला दल मिलेर वर्तमान सरकार गठन भएको बताउँदै उहाँले सहमति र सहकार्यका आधारमा सरकार अघि बढिरहेको उल्लेख गर्नुभयो ।
सरकारले सहकारीसहित अन्य अनियमितताको कानुनअनुसार अनुसन्धान अघि बढाएको उपप्रधानमन्त्री सिंहले बताउनुभयो । सरकारीको मुद्दामा ६ सय भन्दा बढीलाई जेलमा राखेर अनुसन्धान भइरहेकाले कुनै एक पार्टीको नेता थुनेर प्रतिशोध साँधेको भन्नु गलत भाष्य प्रचार गरिएको उहाँले बताउनुभयो ।
उहाँले सहकारीका पीडीतहरुको रकम फिर्ता गर्ने बिषयमा सरकार गम्भिर भएको उल्लेख गर्दै सहकारी पीडीतलाई रकम फिर्ता गर्न प्रकृया सुरु गरेको बताउनुभयो ।

आईतबार हुने स्थानीय तहको उप निर्वाचनका लागि नेपाली कांग्रेसले २०८४ को निर्वाचनमा एक्लै लड्नुपर्छ भनेर मुख्यमुख्य पालिकामा त्यसको सुरुआत गरेको उपप्रधानमन्त्री सिंहले बताउनुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला