पातञ्जल योग प्रशिक्षक पुर्नताजगी तालिम सम्पन्न

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पातञ्जल योग समिति नेपाल, गण्डकी प्रदेश प्रशिक्षण विभाग उपसमितिको आयोजनामा १५ दिने योग प्रशिक्षक पुर्नताजगी कार्यक्रम समापन भएको छ ।

प्रमुख अतिथि गण्डकी प्रदेश निति तथा योजना आयोगका सदस्य माननीय दिपक भण्डारीले कार्यक्रमको उद्घाटन गर्दै आफु भित्र अनन्त प्रशन्नता, सुख, शान्ति र ज्ञानको अनुभव गर्नु नै योग हो र आफ्नै स्वासमा अन्तरमुखि हुनु, जिवनलाई बुझ्नु, शुद्ध धर्मलाई बुझि, मन र चित्तलाई निर्मल बनाउनु नै साधना भएको वताउनुभयो । साथै उहाँले यो सन्सारमा हामीले भोगिरहेको सुख, दुख, राग द्धेस, सबै अनित्य छन, नासवान छन्, क्षणिक छन् । शुद्ध धर्म बुझ्ने साधकलाई यसले कुनै प्रभाव पार्न नसक्ने वताउनुभयो ।

सो अवसरमा पातञ्जल योग समिति नेपालका केन्द्रिय उपाध्यक्ष कमला गुरुङ, केन्द्रिय सदस्य रश्मि भण्डारी, प्रदेश कोषाध्यक्ष सपना गुरुङ, कास्की जिल्ला सचिव मुक्ति पनेरु, स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष कृष्ण रानाभाट, प्रशिक्षार्र्थीको तर्फबाट सुनिता भण्डारी र सरिता पहारीले वोलेका थिए ।

सो अवसरमा पातञ्जल योग समितिका केन्द्रिय सदस्य दिपक भण्डारी गण्डकी प्रदेश निति तथा योजना आयोगका सदस्यमा मनोनित हुनु भएकोमा सम्मानपत्र, दोसल्लाले सम्मान गरिएको थियो ।

त्यसै गरी १५ दिनसम्म प्रशिक्षण दिनु भएकी योग प्रशिक्षक कमला गुरुङलाई पनि सम्मान पत्र, दोसल्लाले सम्मान गरिएको थियो ।

कार्यक्रममा ७ वटा साधना केन्द्रका २४ जनाको सहभागिता रहेको थियो । गत कार्तिक १५ गते देखि मंसीर २ गतेसम्म संचालन भएको उक्त तालिममा सहभागीहरुलाई प्रमुख अतिथिले प्रमाणपत्र बितरण गरिएको थियो ।

पातञ्जल योग समिति नेपाल गण्डकी प्रदेश कार्यबहाक अध्यक्ष तथा तालिम संयोजक बिश्वकुमार प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला उपाध्यक्ष संगिता पराजुलीले स्वागत र प्रदेश सदस्य नवराज पौडेलले कार्यक्रम संचालन गर्नुभएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला