दावा छिरिङको ‘टासिदेले कनकाई’ पोखरामा विमोचन

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । नगेन आर्ट एकेडेमी तथा पर्फेक्ट प्रिन्टिङ सोलुसनरएकेडेमीको संयुक्त आयोजनामा झापाका साहित्यकार शेर्पा दाबाछिरिङको कृति ‘टासिदेले कनकाई’को विहिबार पोखरामा विमोचन गरिएको छ ।

कार्यक्रमको प्रमुख स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष कृष्ण रानाभाटले पर्यटकीय राजधानी पोखरामा साहित्यीक गतिविधीले साहित्यीक पर्यटनको पनि विकासमा टेवा पुग्ने वताउँदै साहित्यकारहरु सधै सरकारको विपक्षी भएकोले सधै जनताको समस्याहरुलाई आफ्नो साहित्य मार्फत उजागर गर्दै सरकारलाई सचेत पार्ने पनि वताउनुभयो ।

सो अवसरमा विश्वको उत्कृष्ट गन्तव्य नेपाल वनाउने महाअभियानका महाअभियान्ता प्राज्ञ नगेन सिंह ठकुरीले वार्षिक एक करोड विदेशी पर्यटक भित्र्याउन विभिन्न कार्यक्रमहरु गरिरहेको वताउँदै यस प्रकारको कार्यक्रमले पनि टेवा दिने वताउनुभयो ।

कृतिका श्रस्टा शेर्पा दाबाछिरिङले सोचले आयू निर्धारण हुने, आयू अनुसार कर्म निर्धारण हुने वताउँदै आफ्नो कृतिमा पनि सोही विषयमा पर्यटकीय राजधानी पोखरामा आफ्नो कृति विमोचन गरिनु नै अहोभाग्य भएको वताउनुभयो ।

कसरी पढ्ने कसरी सिक्नेका लेखक कृष्ण क्षेत्री ‘उदय‘ले कृतिको समिक्षा गर्दै श्रष्टाले कविता मार्फत कोशी प्रदेशको जनजिवन, रहन सहन र जनताले भोगेका वास्तविकता उजागर गर्नुका साथै साहित्यबाट नै समाज सुधारमा उल्लेखनिय भूमिका खेल्ने वताउनुभयो ।

सो अवसरमा मानवता अभियानका प्रमुख मानवता सेवक द्धारिका मानवले कला र साहित्यले सबै नेपालीलाई मात्र नभएर अन्तराष्ट्रिय स्तरमा मानव समुदायलाई एकताको सुत्रमा बाध्न सक्ने वताउनुभयो ।

त्यसैगरी सप्तकन्या आधारभूत विद्यालयका प्रधानाध्यापक रुकमणी घले, सुमिरा इको एग्रो टुरिज्म एण्ड एभियसन प्रा.लि.की निर्देशक मिरा अधिकारी, वेभपेज नेपालका पितम सेन, पुर्व प्र.नि. पुष्प कमल श्रेष्ठ, वराह एजुकेशन कन्सल्टेन्सीका प्रमुख सन्तोष कुइकेल लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

पर्फेक्ट प्रिन्टिङ सोलुसन संचालक कविता श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको संचालन पर्फेक्ट एकेडेमीका कार्यकारी निर्देशक नविन श्रेष्ठले गर्नुभएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला