लक्ष्मी सनराईज वैंकको एक्स्टेन्सन शाखा बाटुलेचौरमा

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । लक्ष्मी सनराईज वैंकले पोखरा १६ को बाटुलेचौरमा एक्स्टेन्सन शाखा संचालनमा ल्याएको छ ।

आईतवारवाट शुरु भएको उक्त शाखाले वैंकको विभिन्न सेवा सहितको विस्तारित काउण्टर र एटिएम सेवा संचालनमा ल्याएको सो शाखा समेत हेर्ने वगर शाखाका प्रमुख विकास आचार्यले जानकारी दिनुभयो ।
बाटुलेचौर क्षेत्रमा क वर्गको वाणिज्य वैंकको अभाव महशुष भएको र स्थानियको माग अनुसार नै एक्सटेन्सन शाखा संचालनमा ल्याईएको आचार्यले वताउनुभयो ।

शाखा विस्तारसँगै स्थानियले क वर्गको वाणिज्य वैंकले प्रदान गर्ने सुविधा र एटिएम सेवा प्राप्त गर्ने वताईएको छ । शाखा संचालनको पहिलो दिन खाता संचालन गर्नेहरुको भिड नै लागेको थियो ।

वैंकका पोखरामा लेकसाईड, वगर,अमरसिंह, नयाँसडक, पोखरा औद्योगिक क्षेत्र, चिप्लेढुगां, तालचोक र विरौटामा गरी ८ वटा शाखा र नेपाल मणिपाल फुलवारी,हिमालय आँखा अस्पताल घारीपाटन र बाटुलेचौरमा गरी ३ वटा एक्स्टेन्सन शाखा संचालनमा रहेका छन् ।

यसअघि वाटुलेचौर क्षेत्रमा ख वर्गको गरिमा विकास वैंकले मात्र वैकिंग सेवा प्रदान गरिरहेको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला