
काठमाडौं । भारतको जयपुरमा गत अक्टोबर ६ मा भएको ‘मिस टिन अफ द युनिभर्स’मा नेपाली सुन्दरी सबी थापाले विधागततर्फको ‘ड्याज्लीङ डिभा’ अवार्ड जित्नुभएको छ ।
२१ देशका १४ देखि २० वर्षसम्मका सुन्दरी सहभागी उक्त प्रतियोगितामा सबीले उक्त विधागत उपाधि पोल्टामा पार्नुभएको हो । उहाँलाई नेपालबाट परिवर्तन इभेन्ट हाउसले प्रतियोगितामा पठाएको थियो ।
रौतहटकी १८ वषिर्ए सबीलाई प्रतियोगितामा जानुअघि १० दिनसम्म ‘ट्यालेन्ट स्टार नेपाल २०१९’ की विजेता पिङ्की तामाङले तालिम दिनुभएको थियो भने उहाँको पहिरनको डिजाइन गोकर्ण गुरुङले गर्नुभएको थियो ।
सबीले प्रतियोगितामा राष्ट्रिय पोशाक विधामा तामाङ पहिरन लगाउनुभएको थियो ।
परिवर्तन इभेन्ट हाउसकी नेसनल डिरेक्टर सोनिया जीआरका अनुसार यो प्रतियोगिता एक सातासम्म चलेको थियो । सबीले शीर्ष उपाधि नजितेपनि विधागततर्फको उपाधि जित्न पाउँदा खुशी व्यक्त गर्नुभयो ।