चाँडपर्वको अवसरमा सर्वेश्वर–पराजुली मार्गमा मिनी मेला शुरु

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पोखराको सबैभन्दा ठूलो होलसेल बजार सर्वेश्वर–पराजुली मार्गमा चाँडपर्वलक्षित मिनी मेला आयोजना गरिएको छ ।
नेपालीको महान चाँड बडादशैं, तिहार, नेपाल सम्वर्त तथा छठ पर्वको पावन अवसरमा सर्वेश्वर व्यवसायी समितिको आयोजनामा होलसेल बजार सर्वेश्वर–पराजुली मार्गमा मिनी मेला शुरु भएको हो ।

असोज १७ गतेदेखि शुरु भएको मिनी मेला चाँडपर्व भरी जारी रहने सर्वेश्वर व्यवसायी समितिका अध्यक्ष तुलबहादुर थापा (राजन)ले जानकारी दिनुभयो । मेला हरेक दिन साँझ ५ बजेदेखि शुरु भई राती ८ बजेसम्म जारी रहने उहाँले बताउनुभयो । मेलाको समयमा व्यवसायीले आफ्ना सामानहरु आफ्नो पसल अगाडि राखेर सजाउने छन् । तर अन्य व्यवसायीलाई असर नपर्नेगरी सामान राखिने अध्यक्ष थापाको भनाई छ ।

मिनी मेलाको अवसरमा सर्वेश्वर मार्ग र पराजुली मार्ग भित्रका जुनसुकै पसलहरुमा भारी छुटका साथ सामानहरु बिक्री गरिने समितिका महासचिव विशाल अधिकारीले जानकारी दिनुभयो । ‘ग्राहकले सामान सस्तो पाओस् अनि व्यवसायीले स्टक सामान कटाओस् भन्ने उद्देश्य हो हाम्रो’–उहाँले भन्नुभयो ।

दसैँ उत्सवमा किनमेल गर्ने ग्राहकका लागि बम्पर उपहार योजना सञ्चालन गरिएको छ । सो बजारमा सामान खरिदमा कुपन दिइने गरिएको छ । चाडपर्व सकिएपश्चात् चिट्ठा खोलिने योजना रहेको अध्यक्ष थापाले बताउनुभयो ।
बम्पर उपहारमा स्कुटर, साइकल, ल्यापटप, मोबाइल र ४ जनालाई ५÷५ हजार सान्त्वना स्वरूप दिईने जनाइएको छ ।

सर्वेश्वर र पराजुली मार्गमा आफ्नै र स्वेदशी गार्मेन्टबाट उत्पादित सामान, फेन्सी तथा रेडिमेड सामान, श्रृंगारका सम्पूर्ण सामान, काँचो कपडा, जुत्ता, चप्पल, व्याग, गिफ्ट तथा खेलौनाका सामान थोक तथा खुद्रा मूल्यमा पाईन्छ ।

होलसेल तथा खुद्रा दुवै व्यापार हुने यी दुई मार्गमा स्याङ्जा, वालिङ, तनहुँ, लमजुङ, पर्वत, बागलुङ, म्याग्दीदेखि मनाङ र मुस्ताङ तथा पूर्वी रुकुम र पश्चिम रुकुमसम्मका खुद्रा व्यापारी ग्राहकका रुपमा आउने गरेको वरिष्ठ उपाध्यक्ष छवीलाल गौतमले जानकारी दिनुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला