
काठमाडौं । धोर्चे कार्मारोङको एकल चित्रकला प्रदर्शनी काठमाडौंको बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा शुरु भएको छ ।
कात्तिक ५ गतेसम्म चल्ने प्रदर्शनीमा २७ वटा चित्रकला रहेका छन् ।
‘कार्मारोङ स् हिड्न भ्याली इन द हिमालय’ शीर्षकमा शुरु भएको उक्त प्रदर्शनीमा धोर्चेको चित्रहरूले कर्णाली प्रदेशको मुगुम कार्मारोङ गाउँपालिकाको संस्कृति र जीवनशैलीलाई झल्काउँछ ।
उहाँले यस्ता खालका कलाकृतिहरू सिर्जना गर्नुको उद्देश्य भनेको मानिसहरूलाई कार्मारोङहरूबारे जानकारी गराउनु रहेको बताउदै हिमाली क्षेत्रको जनजीवनलाई पनि क्यानभासमा उतार्नुभएको छ । परम्पारगत र आधुनिक शैलीलाई चित्रहरुमा मिश्रण गरेको उहाँको भनाई छ ।
उहाँले कार्मारोङ जनताको छुट्टै पहिचानको अभाव रहेको जसले हामीलाई देख्नुपर्छ, वा हामीलाई स्वीकार गर्नुपर्ने हो ती अहिलसम्म नदेखिएको बताउनुभयो ।
धोर्चेको प्रदर्शनीमा राखिएको दुई दर्जन भन्दाबढी थाङका कलामा प्रकृति, हिमाली क्षेत्रमा बासिन्दाहको दैनिक जीवन, उनीहरुको आध्यात्मिक जीवनशैलीलाई पनि प्रस्तुत गरिएको छ । प्रदर्शनीमा उहाँले आध्यात्मिक जीवन दर्शनलाई पनि आफ्नो कलामा अघि बढाउनुभएको र प्रकृति अन्तर्गत उच्च हिमालय क्षेत्रको सुन्दरतालाई उहाँले केही थाङका कलामा प्रस्तुत गर्नुभएको छ ।
उहाँले कलाकृतिमा कपडामा एक्रिलिक, नीलो, हरियो र खैरो रंगको प्राकृतिक रंगले हावी भएको जीवन्त रङ प्यालेट प्रयोग गर्ने गरेको छन् ।
कार्मारोङले २० वर्षभन्दा बढी समयदेखि थाङ्काको चित्र कोरेर विभिन्न देशमा आफ्नो काम प्रदर्शन गर्दै आउनुभएको छ ।