प्रदेश सासद पहारीद्धारा ढुक्क भएर सहकारीमा बचत गर्न सदस्यहरुलाई आग्रह

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । गण्डकी प्रदेश सभा सदस्य देवका पहारीले सहकारीले वित्तिय अनुसासनमा रहेर काम गर्दै आएकाले कुनै शंका नगरी आर्थिक कारोबार गर्न शेयर सदस्यहरुलाई आग्रह गर्नुभएको छ ।
पोखरा महानगर पालिका वडा नं ६ मा अवस्थित हाम्रो सामुदायिक बचत तथा ऋण सहकारीको १४ औ बार्षिक साधारण सभाको मंगलबार उद्घाटन गर्दै उहाँले संस्थाले विगत गरेको काम बाट शिक्षा लि अगाडि बढेमा संस्थाको भविश्य उज्वल रहने विश्वास ब्यक्त गर्नुभयो ।

सहकरीले आफ्ना शेयर सदस्यहरुको पिर मर्का बुझेर सहयोग गर्ने सके सहकारी को महत्व बढने बताउदै उहाँले नेपालको कुल ग्राहस्थ उत्पादनमा सहकारी ४ प्रतिशतको देन रहेको स्मरण गर्दै, ७० हजार भन्दा बढीलाई रोजगार दिएको सहकारीहरुको बारेमा चलेको नकारात्मक हल्लाले समग्रह सहकारीलाई एउटै नजरले नर्हेन आग्रह गर्नुभयो ।
सल्लाहकार चुडामणी पहारीले आफ्नो सहकारीको वित्तीय अवस्था कस्तो छ र कसरी सञ्चालन भएको छ भनेर सेयर सदस्य आफैंले चासो राख्नुपर्ने बताउनुभयो ।

सल्लाहकार पम्फा पहारीले सहकारीले आफ्ना सदस्यहरुलाई उत्पादन मुलक कार्यमा लगाउन पर्नेमा जोड दिनुभयो ।
पोखरा महानगर पालिका वडा नं ६ का वडा सदस्य पवित्रा थापाले संस्थाले उदपादनशिल क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल दिन सक्ने बताउदै, सहकारीले ऐन÷कानुनको पालना गरी अगाडी बढनु पर्ने बताउनुभयो ।
संस्थाका अध्यक्ष एवमं कार्यक्रमका सभापति लक्ष्मी नाराण श्रेष्ठले शेयर सदस्यहरुको हकहितलाई ध्यान मध्यनजर गर्दै आगामी कार्ययोजना अगाडी बढाउने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
सामुदायिक प्रहरी सेवा केन्द्र बैदामका अध्यक्ष नेत्र भण्डारीले पछिल्लो समय सञ्चालक समेतको मिलेमतोमा कमसल धितो राखेर ऋण लगानी भएका सहकारीहरू समस्याग्रस्त रहेको र तिनीहरूले चाहेर पनि बचतकर्ताको बचत रकम फिर्ता गर्न सक्ने अवस्था नरहेको बताउनुभयो ।
शेयर सदस्य तथा नमुना आमा समुह बैदामकी अध्यक्ष जुना अधिकारीले सहकारीले शेयर सदस्यहरु प्रति गरेको सहयोगको प्रशंसा गर्नुभयो ।
संस्थाका सचिब चिरञ्जिबि पोखरेलद्धारा प्रस्तुत सचिबको प्रतिवेदन, कोषाध्यक्ष रामप्रसाद ढकालले प्रस्तुत गरेको कोषाध्यक्षको प्रतिबेदन, ऋण लगानी तथा असुलि उपसमितीका संयोजक भरत बहादुर पौडेलले प्रस्तुत गरेको बार्षिक प्रतिबेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक विष्णु प्रसाद बरालले प्रस्तुत गरेको लेखा समितिको प्रतिबेदन उपर छलफल गरि आवश्यक सुझाब सहित पारित गरिएको थियो ।
संस्थाका उपाध्यक्ष भरत बहादुर पौडेल स्वागत गरेको कार्यक्रमा संचालक सदस्य जमुना पराजुलिले सहकारी सात सिद्धान्त वाचन गर्नुभएको थियो ।
वि.स २०६७ सालमा स्थापना भएको सहकारीमा ९ सय ५ जना शेयर सदस्य रहेका छन । शेयर पुजि ८ करोड ८ लाख २२ हजार ८ सय रहेको सहकारीको कर्जा लागनी २५ करोड ७१ लाख ५० हजार ९ सय ७१ रुपैया रहेको छ भने, आव ८०÷८१मा संस्थाले ६१ लाख ५४ हजार ६ सय ५६ रुपैया नाफा कमाउन सफल भएको सभामा जानकारी गराइएको थियो ।
साधारण सभाको अबसरमा उत्कृष्ट शेयर सदस्य, उत्कृष्ट बचत कर्ता, माध्यमिक र स्नातक तहमा सर्वाेकृष्ट हुने शेयर सदस्यका छोरा छोरीलाई पुरस्कृत गरिएको यियो । सभामा अघिल्लो आर्थिक वर्षभरमा उत्कृष्ट कारोबार र उत्कृष्ट बचत गर्नेहरुलाई सम्मान गरियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला