
काठमाडौँ । हास्य व्यंग्यमा आधारित टिभी कार्यक्रम ‘कमेडी किरो, राष्ट्रको हिरो’ आउने भएको छ ।
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा लोगो र प्रोमो सार्वजनिक गरियो ।
निर्देशक समन अधिकारीले उक्त अवसरमा देशभरबाट छानिएका २० जना कन्टेन्ट क्रिएटरले उत्पादन गरेका कन्टेन्टलाई टिभीमा प्रसारण गरिने जानकारी दिनुभयो ।
सबै कन्टेन्ट क्रिएटरलाई मासिक तलबको समेत व्यवस्था गरिने भएको छ ।
निर्देशक अधिकारीले अवधारणा नेपालमा विशुद्ध नौलो भएको बताउदै यसले क्षमता भएका तर लुकेका कन्टेन्ट क्रिएटरलाई बाहिर आउन मद्दत गर्ने बिश्वास व्यक्त गर्नुभयो ।
चार किसिमको वर्गीकरण गरेर कार्यक्रमको संरचना बनाइएको र यसबाट कमेडियन उत्पादनको उद्देश्य राखिएको उहाँले बताउनुभयो ।
जनता टिभीले प्रसारण गर्ने यो कार्यक्रमले अर्थ उपार्जनमा पनि मद्दत पुग्ने र रोजगारी सिर्जना हुने आशा टेलिभिजनका अध्यक्ष विजय पौडेलले बताउनुभयो ।
अहिले डिजिटल अडिसन चलिरहेको छ ।
कार्यक्रमको सञ्चालन कमेडियन दिनेश काफ्लेले गर्नुहुनेछ । सहभागीलाई सन्तोष खनाल, सुदीप खतिवडा र सरोज भण्डारीले प्रशिक्षण दिनेछन् ।