कांग्रेसका ३७ केन्द्रीय सदस्य विभाग प्रमुखमा मनोनीत, साहित्य, कला तथा संस्कृति विभागमा विद्यादेवि तिमिल्सिना

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौँ । नेपाली कांग्रेसका ३७ केन्द्रीय सदस्य विभाग प्रमुखमा मनोनीत भएका छन् । सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ३७ केन्द्रीय सदस्य विभाग प्रमुखमा मनोनीत गर्नुभएको हो ।
त्यसैगरी नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य विद्यादेवि तिमिल्सिनालाई साहित्य, कला तथा संस्कृति केन्द्रिय विभाग प्रमुखमा मनोनयन गरिएको छ ।

नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले नेपाली काङ्ग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (ग) बमोजिम नेपाली काङ्ग्रेस केन्द्रिय कार्यसमितिका सदस्य विद्यादेवि तिमिल्सिनालाई साहित्य, कला तथा संस्कृति केन्द्रिय विभाग प्रमुख मनोनयन गरिएको छ ।

केन्द्रिय विभाग प्रमुख मनोनयनमा तिमिल्सिना सहित ३७ जना नेपाली काङ्ग्रेस केन्द्रिय सदस्यहरुलाई मनोनयन गरिएको नेपाली काङ्ग्रेस केन्द्रिय कार्यालयले प्रेस विज्ञप्ती निकालिएको छ ।

प्रत्येक विभागमा बढीमा ५१ सदस्य राख्न सकिने प्रावधान विधानमा रहेको छ । तीमध्ये विभाग प्रमुखको सहजताका लागि दस जना आफूले रोजेका कार्यकर्तालाई राख्न सकिने अधिकार नेतृत्वले दिएको छ भने बाँकी केन्द्रीय सभापतिको परामर्शमा मनोनयन गर्ने व्यवस्था छ ।
संगठन, विदेश, जनसम्पर्क लगायत १६ वटा विभाग अझै बन्न बाँकी रहेका छन् ।

 

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला